र्याम्प मोडलिङमा अहिलेकी उम्दा मोडेल हुन्, सिर्जना रेग्मी। तर, यस क्षेत्रप्रति नै उनलाई भरोसा छैन। 'नेपालमा स्ट्रोङ मोडलिङ एजेन्सी भएन। चल्तीमा रहेका मोडेलले समेत आफैं एजेन्सीको काम गर्नुपर्ने अवस्था छ', उनी प्रस्ट्याउँछिन्।
केही समय मोडलिङ गरेर नयाँ व्यवसायतिर लाग्ने सिर्जनाको योजना छ। विश्व भ्रमण गर्ने सपना साँचेकी उनी त्यो व्यवसाय गर्न चाहन्छिन् जसले उनको सपना पूरा गर्न सकोस्। 'मेरो रुचिचाहिँ व्यापारमा छ', सिर्जना भन्छिन्।
जीवनमा मोडेल बन्छु भन्ने कल्पनै गरेकी थिइनन् सिर्जनाले। सुरुमा फेसन डिजाइनर नीलिमा शर्मालाई सहयोग गर्थिन्। उनै नीलिमा र मेकअप आर्टिस्ट सोफीले सिर्जनालाई मोडलिङतिर प्रेरित गरे। प्रस्ताव आउन थाल्यो। घरपरिवारबाट पनि साथ पाएपछि आफ्नो मोडलिङ यात्रा आरम्भ भएको उनको भनाइ छ।
- रूप र जवानी रहेसम्ममात्रै हो, मोडलिङ। म अहिले त्यही फेजमा छु। रमाइलो लागिरहेको छ।
- यो उमेरमा प्रेम प्रस्ताव नआउने कुरै भएन तर स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा ठूलो हो।
- म भविष्यमा यस्तो व्यवसाय गर्न चाहन्छु जसले संसार घुम्ने मेरो चाहना पूरा गर्न सकोस्।
'ब्राइडल मेकअप कम्पिटिसन २०१२ मा पहिलोपटक म र्याम्पमा हिँडे। त्यसपछि टीजीआईएफ नेपाल फेसन विक २०१४ सम्म आइपुग्दा धेरै र्याम्प नापिसकेको छु', सिर्जना अनुभव सुनाउँछिन्, 'नेपालका कतिपय मोडेल साँच्चिकै प्रतिभावान् अनि मेहनती छन्। म उनीहरूबाट प्रेरणा लिने गर्छु।'
संखुवासभामा जन्मेकी २२ वर्षीया सिर्जनालाई चलचित्र एवं म्युजिक भिडियोमा चाहिँ रुचि छैन। तर उनी मोडलिङमा आफूलाई भाग्यमानी मान्छिन्। 'मैले पहिलो सोदेखि नै पारिश्रमिक लिएर काम गर्दै आएकी छु। फुर्सद बस्नु परेको छैन। छोटो समयमा नाम, दाम, काम सबै मिलेको छ', सिर्जनाले भनिन्।
ग्ल्याम हन्ट २०१४ को उपाधि जितेपछि नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा गत अक्टोबरमा भएको 'मिस ग्रान्ड इन्टरनेसनल २०१४' मा नेपालको प्रतिनिधित्व गर्दाको क्षण उनलाई विशेष लाग्छ।
'अन्तर्राष्ट्रिय प्रतियोगिता जुन शैली र व्यवस्थापनमा हुन्छ, नेपालमा त्यस्तो हुन सकेको छैन', सिर्जना अनुभव सुनाउँछिन्। मेहनती, अध्ययनशील, सिर्जनशील र काममा सम्झौता नगर्नु सिर्जनाका विशेषता हुन्। विद्यालयदेखि कलेजसम्म पढाइमा अब्बल उनी बीबीए पूरा गरेर अहिले अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारीमा छिन्। अन्नपूर्ण पोस्ट
जीवनमा मोडेल बन्छु भन्ने कल्पनै गरेकी थिइनन् सिर्जनाले। सुरुमा फेसन डिजाइनर नीलिमा शर्मालाई सहयोग गर्थिन्। उनै नीलिमा र मेकअप आर्टिस्ट सोफीले सिर्जनालाई मोडलिङतिर प्रेरित गरे। प्रस्ताव आउन थाल्यो। घरपरिवारबाट पनि साथ पाएपछि आफ्नो मोडलिङ यात्रा आरम्भ भएको उनको भनाइ छ।
- रूप र जवानी रहेसम्ममात्रै हो, मोडलिङ। म अहिले त्यही फेजमा छु। रमाइलो लागिरहेको छ।
- यो उमेरमा प्रेम प्रस्ताव नआउने कुरै भएन तर स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा ठूलो हो।
- म भविष्यमा यस्तो व्यवसाय गर्न चाहन्छु जसले संसार घुम्ने मेरो चाहना पूरा गर्न सकोस्।
'ब्राइडल मेकअप कम्पिटिसन २०१२ मा पहिलोपटक म र्याम्पमा हिँडे। त्यसपछि टीजीआईएफ नेपाल फेसन विक २०१४ सम्म आइपुग्दा धेरै र्याम्प नापिसकेको छु', सिर्जना अनुभव सुनाउँछिन्, 'नेपालका कतिपय मोडेल साँच्चिकै प्रतिभावान् अनि मेहनती छन्। म उनीहरूबाट प्रेरणा लिने गर्छु।'
संखुवासभामा जन्मेकी २२ वर्षीया सिर्जनालाई चलचित्र एवं म्युजिक भिडियोमा चाहिँ रुचि छैन। तर उनी मोडलिङमा आफूलाई भाग्यमानी मान्छिन्। 'मैले पहिलो सोदेखि नै पारिश्रमिक लिएर काम गर्दै आएकी छु। फुर्सद बस्नु परेको छैन। छोटो समयमा नाम, दाम, काम सबै मिलेको छ', सिर्जनाले भनिन्।
ग्ल्याम हन्ट २०१४ को उपाधि जितेपछि नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा गत अक्टोबरमा भएको 'मिस ग्रान्ड इन्टरनेसनल २०१४' मा नेपालको प्रतिनिधित्व गर्दाको क्षण उनलाई विशेष लाग्छ।
'अन्तर्राष्ट्रिय प्रतियोगिता जुन शैली र व्यवस्थापनमा हुन्छ, नेपालमा त्यस्तो हुन सकेको छैन', सिर्जना अनुभव सुनाउँछिन्। मेहनती, अध्ययनशील, सिर्जनशील र काममा सम्झौता नगर्नु सिर्जनाका विशेषता हुन्। विद्यालयदेखि कलेजसम्म पढाइमा अब्बल उनी बीबीए पूरा गरेर अहिले अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारीमा छिन्। अन्नपूर्ण पोस्ट
काठमाडौं, कात्तिक २८– अन्तराष्ट्रिय विमानस्थलमा आज एक अचम्मको संयोग भएको छ । बलिउडमा स्थापित नायिकाको रुपमा परिचित दुई हिरोइनमध्ये एक काठमाडौं भित्रिएकी छिन् भने अर्की भने बाहिरिएकी छिन् । मनिषा कोइराला आज काठमाडौंबाट मुम्बईको लागि प्रस्थान गरिरहँदा पूर्व मिस युनिभर्स र बलिउड नायिका सुस्मिना सेन मुम्बईबाट काठमाडौंमा उत्रेकी छिन् । काठमाडौंको होटल अन्नपूर्णमा क्लासिक डाइमण्डद्वारा आयोजित टाइमलेस प्यारागन ज्वेलरी फेशन शोको लागि सेन काठमाडौं आएकी हुन् । उनीसँगै माल्भिका सुब्बा, श्रृष्टि श्रेष्ठ, आस्था पोखरेल, अस्मी श्रेष्ठ, ओसिमा बानु, अल्का राईलगायत नेपाली मोडलहरु पनि र्याम्पमा उत्रने छन् । यसमा अन्य भारतीय मोडलहरु पनि सहभागी हुने बताइएको छ । फेसन शो आज र भोलीसम्म चल्ने बताइएको छ । - See more at: http://www.ratopati.com/2014/11/14/182255.html#sthash.rhHznejB.GjSqCTGC.dpuf
अफ्रिकी देश केन्यामा पुगेकी ममताले त्यहाँ लागु ओषध ओसार पसार गरेको भन्दै त्यहाँको प्हरीले उनलाई पक्राउ गरेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
यस अघि उनका पति विक्की गोस्वामीलाई समेत लागु औषधको ओसार पसारमा संलग्न भएको अरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार उनीहरु दुवैले लागु औधष ओसार पसारमा संलग्नता जनाए नजनाएको बारे अनुसन्धान भइरहेको बताएका छन् ।
- See more at: http://www.npnews.net/kaneya-bata-nayeka-mamata-pakarawo/#sthash.2TjYCfjd.dpuf
बंगलादेशकी चर्चित अभिनेत्री स्वास्तिका मुखर्जी सिंगापुरमा चोरी आरोपमा पक्राउ परेकी छिन् । चलचित्र 'डिटेक्टिव ब्योमकेश बख्शी' बाट बलिउडमा प्रवेश गर्न लागेकी अभिनेत्री सिंगापुरमा एक गहना पसलमा चोरी गरेको फेलापरेपछि उनलाई पक्राउ गरिएको हो । सिंगापुरमा एक फिल्म फेष्टिबलमा सहभागी हुन गएको समयमा उनले एक पसलबाट सुनको गहना चोरेकी थिइन् । उनले सस्तै मूल्यको झुम्का चोरेको दृष्य सिसिटिभीमा कैदभएपछि उनलाई पक्राउ गरिएको सञ्चार माध्यमले जनाएका छन् । यद्यपी स्वास्तिकाले आफूले उक्त झुम्का किनेर ब्यागमा राखेको दावी गरेकी छिन् । तर उनले किनेको बिल देखाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । - See more at: http://nepaliheadlines.com/2014-11-04-11-20-24.html#sthash.47aFWdun.dpuf
मान्छेका शौख पनि अचम्मकै हुन्छन् ।
आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ ।
बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए । गत महिनामा न्युजिल्याण्डको विलिंगटनमा रहेको एक प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा निक र विन्डी नाम गरेका जोडीले यसरी नांगै बिहे गरे । विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए ।
त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए ।
- See more at: http://nepaliheadlines.com/2014-10-20-05-26-30.html#sthash.HK4swElV.dpuf
एजेन्सी ।
बारुले कम्मर महिलाको सुन्दरताको प्रतिक नै हो ।
अधिकाँश महिलालाई आफ्नो कम्मर छिनेको होस् भन्ने चाहाना हुन्छ । कतिले कम्मर छिनाउन अनेक हर्कत गर्छन् ।अमेरिकाको न्यूयोर्कमा बस्ने २७ वर्षीया केल्ली ली डेकीको कम्मर पत्याउनै नसकिने गरी बारुले छ । उनले एउटा मन परेको पुस्तको पात्रलाई आदर्श मानेर आफ्नो कम्मर १६ इन्चको बनाएकी हुन् ।
बारुले कम्मर महिलाको सुन्दरताको प्रतिक नै हो ।
अधिकाँश महिलालाई आफ्नो कम्मर छिनेको होस् भन्ने चाहाना हुन्छ । कतिले कम्मर छिनाउन अनेक हर्कत गर्छन् ।अमेरिकाको न्यूयोर्कमा बस्ने २७ वर्षीया केल्ली ली डेकीको कम्मर पत्याउनै नसकिने गरी बारुले छ । उनले एउटा मन परेको पुस्तको पात्रलाई आदर्श मानेर आफ्नो कम्मर १६ इन्चको बनाएकी हुन् ।
७ वर्ष अघि कम्मर मसिनो पार्न शुरु गरेकी थिइन् । उनको कम्मर अहिले उनले चाहेकै आकारमा पुगेको छ ।
आफूले कमिक पात्रहरुको आकार देखेर त्यस्तै बन्न मन लागेको र सफल समेत भएको उनी बताउँछिन् ।
७ वर्षको मेहनतपछि उनले यस्तो कम्मर बनाएकी हुन् । तर कतिपयले भने उनको आकार देखेर जिव्रो टोक्ने गर्छन् । source:nepaliheadlines
भनिन्छ, महिलाहरुलाई आकर्षित गर्न पुरुषहरुले अनेक तरिका अपनाउने गर्दछन् । तर आकर्षित गर्नमा पुरुषहरु मात्र अघि छैनन् । महिलाले पनि आफूलाई मनपरेको पुरुषलाई आकर्षित गर्नका लागि अनेक तरिकाहरु पछ्याउने गर्दछन् । आकर्षित गर्ने क्रममा महिलाहरुले अपनाउने तरिका सबै राम्रो हुन्छ भन्ने हँदैन । आकर्षित गर्छु भन्दा कतिपय अवस्थामा पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । यसको कारण धरैजसो अवस्थामा महिलाहरुले अपनाउने तरिका नै हुन्छ । आफूलाई मनपरेको व्यक्तिलाई आकर्षित गर्नका लागि यी तरिकाहरु भुलेर पनि नअपनाउनुहोलाः १. निकै धेरै मेकअप गर्नुः कसैलाई आकर्षित गर्नका लागि महिलाहरुले धेरैजस्तो अवस्थामा निकै धेरै मेकअप लगाउने गर्दछन् जसलाई महिलाहरुले गर्ने सबैभन्दा ठूलो गल्तीको रुपमा लिइएको छ । याद राख्नुहोस्, यदि तपाईं कुनै पुरुषलाई आकर्षित गर्न चाहनुहुन्छ भने हल्का मेकअप गर्नुहोस् । आफ्नो प्राकृतिक सौन्दर्यप्रति बढि ध्यान दिनुहोस् । २. डेटमा ढिला जानुः धेरैजसो महिला सोच्ने गर्छन् कि डेटमा जाँदा पुरुषहरुलाई कुराउनु पर्छ तर वास्तविकता यसको ठिक विपरित छ । यदि तपाईं डेटमा सहि समयमा पुग्नुहुन्छ भने यसको प्रभाव निकै सकारात्मक हुनेछ । ३. भोको रहनुः थुप्रै महिलाहरु पुरुषसँग भएको बेलामा भोको बस्ने गर्दछन् जुन राम्रो मानिँदैन । यस्तो गरेमा तपाईंका साथी पनि भोको रहन बाध्य हुनेछन् । यसो गर्नाले तपाईंले आकर्षित गर्न चाहेको व्यक्ति खुसी हुन्छन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ किनभने एक लेभलपछि पुरुषहरु महिलाको फिगरभन्दा बढि उनको सोच र कुराहरुबाट प्रभावित हुने गर्दछन् । ४. निकै छोटो कपडा लगाउनुः निकै छोटो कपडा लगाउँदा तपाईं त्यस्ता मानिसहरुलाई मात्र प्रभावित गर्न सक्नुहुन्छ जो शरिरको भोको छन् । यदि कोही व्यक्ति तपाईंलाई वास्तवमा माया गर्छन् भने उनीहरुलाई तपाईंको पहिरनसँग कुनै मतलब हुँदैन । कसैलाई प्रभावित गर्नका लागि छोटो कपडा लगाउनु भनेको मूर्खताबाहेक अरु केहि होइन । ५. कसैको नक्कल गर्नुः बनावटी र कसैको नक्कल गर्ने व्यक्ति पुरुषहरुलाई पटक्कै मनपर्दैन । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् । आफैँलाई परिवर्तन गर्न नखोज्नुहोस् र कसैको नक्कल पनि नगर्नुहोस् । आफ्नो व्यवहार र बोल्ने तरिका आफ्नो जस्तै राख्नुहोस् । ६. धेरैजसो नकारात्मक कुरा गर्नुः थुप्रै पटक महिलाहरु पुरुषलाई आकर्षित गर्ने चक्करमा आफ्नो दुःख र वेदनाहरु सुनाउन थाल्छन् र आफ्नो नकारात्मक पक्ष राख्ने गर्दछन् । यस्तो बिर्सेर पनि नगर्नुहोस् । सधैँ सकारात्मक रहनुहोस् । तपाईंको राम्रो बिचारले तपाईंको राम्रो छाप छोड्न मद्दत गर्नेछ । (एजेन्सी)
http://www.ratopati.com
http://www.ratopati.com
भारतीय बाजारमा यस्ता विभिन्न विज्ञापन वने जसले सडकबाट संसदसम्म तताए भने ति विज्ञापनहरुलाई प्रशारणमा रोक लगाईयो ।
अन्तराष्ट्रिय विज्ञापनको बाजार भारतिय विज्ञापनको बजार भन्दा दस गुणा अघि रहेको छ । हेरौ संसारका वीस वटा सबै भन्दा विवादास्पद विज्ञापन जसले बजारमा आउने वितिकै हंगामा मच्चाउने गरेका थिए ।
अन्तराष्ट्रिय विज्ञापनको बाजार भारतिय विज्ञापनको बजार भन्दा दस गुणा अघि रहेको छ । हेरौ संसारका वीस वटा सबै भन्दा विवादास्पद विज्ञापन जसले बजारमा आउने वितिकै हंगामा मच्चाउने गरेका थिए ।
टिजि ४ नेटवर्कमा इरिस टिभिको विज्ञापन
लिभाइस
डुरेक्स
वान्डरब्राजको चर्चित विज्ञापन
बिएमडब्लु
विवादास्पद फ्रान्सेली धूम्रपान विरोधी विज्ञापन
हाइन्ज
क्याडवरी
इसकिन वन धूम्रपान विरोधी विज्ञापन
बडवाइजर
इसकाई मादक पदार्थ
बर्कर्डी रम
बेनसोन एण्ड हेजेज
पोस्ट ईट
अमेरिकन एप्पारर
अरबीसले गरेको विज्ञापन
टेरी रिचाडसन ”क्याल्सियम स्वस्थ हड्डीको लागि अत्यावश्यक छ”
बेनिटोनको संयुक्त रंग
यौन स्वास्थ्य सल्लाह र निर्देशननात्मक विज्ञापन
मुम्बई । कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।
प्रहरीले दिएको जानकारी अनुसार नयनाहरुको एउटा समुह नै छ । पहिला उनिहरु धनीमानीहरुको नम्बर पत्ता लगाएर फोन गर्छन र सेक्सको लागि उक्साउछन् । जब उनिहरु सेक्सका लागि राजी हुन्छन् । आफै आफ्नो सेक्स भिडियो खिच्छन र ब्ल्याकमेलिङ सुरु गर्छन् ।
उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् । तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि नयना पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।
एक म्यागेजिनका लागि १७ बर्षका संगीतकार कोडी सिम्सनको प्रेमिका समेत रहेकी गीगी ह्याडिडले
हालै गरेको फोटोसुटले निक्कै चर्चा कमाएको छ ।
१८ बर्षकी यि मोडलले फोटोसुटका क्रममा आफ्नो बक्षस्थललाई समेत छोप्न सकेकी छैनन् । बिशेष तबरले तयार पारिएको उनको पहिरनले उनको गोप्य अंगलाई ढाक्न नसक्दा उनको जवानी प्रष्टसँग देखिएको छ।
महिला नेतृ त्यो पनि सुन्दर उनको चर्चा त यसै पनि थियो झन् उनका नग्न तस्विर सार्वजनिक भएपछि हंगामा नै भएको छ ।
यो घटना हो युक्रेनको । युक्रेनकी चर्चित महिला नेतृ ओल्गा युल्चाकका नग्न तस्विर एक ह्याकरले ह्याक गरेर सार्वजनिक गरेका हुन् । संसदमा उम्मेदवार बन्ने तयारीमा रहेकी ओल्गाका यस्ता तस्विर सार्वजनिक भएपछि युक्रेनमा हंगामा भएको छ ।
३० वर्षीय जवान नेतृ ओल्गाका तस्विरले युक्रेनी राजनीतिमा नयाँ तरंग ल्याएको छ । यद्यपी ओल्गाले भने यस्ता तस्विर बाहिर आउँदैमा आफूलाई केही फरक नपर्ने बताएकी छिन् ।
महिलाहरुलाई दवाउन र हेप्नका लागि पुरुषहरुको षडयन्त्र अन्तर्गत यी तस्विर बाहिर ल्याइएको भन्दै ओल्गाले आफूले यसको डटेर सामना गर्ने बताएकी छिन् ।
युक्रेनमा २६ अक्टोबरमा निर्वाचन हुँदैछ । चुनावको मुखमा महिला उम्मेदवारका नग्न तस्विर सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ
सेलिब्रेटीहरुले के खान्छन् ? के लगाउँछन् ? सबैको नजर हुन्छ । कलिउडका सेलिब्रेटी सडकमा आउँदा त दुई÷चार वटा क्यामरा तयार हुन्छन् भने बलिउड र हलिउड
का कलाकार सडकमा आउँदा सयौं क्यामेरा सेलिब्रेटीलाई कैद गर्न तयार हुन्छन् ।
सेलिबे्रटीका सबै दृष्य क्यामेरामा कैद हुने भएपछि उनीहरुका राम्रा र नराम्रा पक्ष क्यामेरामा कैद हुने नै भए । त्यसमाथि बलिउडमा त कलाकारले नखरा पार्छन भने हलिउडकाले किन नपार्नु । हलिउडका कलाकार चर्चामा आउनका लागि कहिले कपडा खोल्ने त कहिले कपडा नै नलगाउनेसम्मका हर्कत पनि गर्छन् ।
हलिउडका सेलिब्रेटीहरु अण्डरवेयरमा मात्र देखिनु त ठूलो कुरो भएन तर कहिलेकाहीं यी कलाकारहरु बाहिरका कपडा त लगाउँछन् तर भित्रका लगाउनै भुल्छन् । त्यसमाथि बाहिरको कपडा पारदर्शी लगाएपछि सबै अङ्ग देखिने नै भए । हलिउडका केही महिला सेलिब्रेटीले आफ्नो जीवनमा यस्तै केही गल्ती गरेका छन् जसका कारण उनीहरु विना ब्रा नै क्यामेरामा कैद भएका छन् ।
यसमध्ये एलिजाबेथ हर्ले एक हुन् । लण्डनमा आयोजना गरिएको एउटा च्यारिटी अभियानमा एलिजावेथले विना ब्रा नै कार्यक्रममा आएकी थिइन् । उन्ले लगाएको पातालो साडी भित्रबाट स्तन प्रष्ट देखिएका थिए ।
ब्रिटनी स्पेयर्स पनि ती मध्यकै एक हुन् । आफ्ना प्रेमी जासन ट्राविकसँग सार्वजनिक जीवनमा प्रकट भएकी ब्रिटनीले ब्रा विना नै टिसर्ट लगाएकी थिइन् । जुन कुरा उन्को छातीमा प्रष्टसँग देखिन्थ्यो ।
नायिका मेगान फक्स आफ्ना चलचित्र रिभेन्ज अफ द फालनको प्रिमियरका क्रममा जर्मनीमा सार्वजनिक हुँदा यस्तै अवस्थामा प्रकट भएकी थिइन् । त्यहाँ उन्ले लगाएको पातलो पहिरन माथि पानी परेपछि उन्का भित्रि अङ्गहरु पुरै देखिएका थिए ।
लागूपदार्थका दुव्र्यसनमा फसेकी लिन्डसे लोहान पनि एउटा कार्यक्रममा सहभागी हुँदा विना ब्रा नै भेटिएकी थिइन् । उन्ले लगाएको कालो टिसर्ट यती पारदर्शी थियो कि भित्रका अङ्गहरु पुरै देखिएका थिए ।
त्यसो त नायिका प्यारिस हिल्टनलाई पनि कालो टिसर्टमा विना ब्रा नै भेटिएको थियो । घरबाट निस्केर गाडी चढ्दै गर्दा क्यामेराले प्यारिसलाई फेला पारेका थिए । कालो ड्रेसबाट प्यारिसका स्तनका मुन्टा पुरै देखिएका थिए ।
हालै हलिउडबाट बलिउडका विग बोसमा सहभागी हुन आएकी पामेला एन्डरशनलाई त स्तन देखाउँदैमा मजा आउँछ । उन्ले विना ब्रा नै दर्जनौं पटक फोटो सुट गरेकी छन् । उन्ले आफ्ना स्तन आर्कषक बनाउन मात्रै दर्जनौं पटक स्तनको सर्जरी पनि गराइसकेकी छन् । पामेला पनि यस्तै सार्वजनिक जीवनमा विना ब्रा नै पटक पटक फेला परेकी छन् ।
पामेला मात्रै होइन्, खेलाडी डेभिड बेकह्यामकी श्रीमती तथा मोडल भिक्टोरिया बेकह्याम पनि ब्रा विना नै सडकमा फेला परेकी थिइन् । त्यसो त सराहा जेसिका पार्कर, क्यामरन डायज, जेनिफर एनिस्टनलाई पनि पटक पटक ब्रा विना नै सडकमा फेला पारिएको छ ।