ब्राजिलका महान फुटवल खेलाडी पेले दुई महिना लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन । पिसाब नलीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पेलेको दुई महिनाअघि सफल प्रोस्टेट सर्जरी गरिएको छ । आठ महिनाअघि मृगौलाको पत्थरी निकालेसंगै मुत्रथैलीमा संक्रमण भएपछि पेले निरन्तर अस्वस्थ रहदै आएका थिए । ब्राजिलको स्थानीय सञ्चारमाध्यमका अनुसार ७४ बर्षीय पेले साओ पाउलोको अल्वर्ट आइन्स्टाइन अस्पतालमा दुई महिनमा लामो उपचारपछि घर फर्केका हुन । पेलेको मृगौला एउटामात्र छ । आफ्नो खेल जीवनको अन्त्यतिर उनले एउटा मृगौलामा समस्या आएपछि समस्याग्रस्त मृगौला निकालिएको थियो । आइन्स्टाईन अस्पतालले उनी पुनः अस्पताल आउनु पर्ने अवस्था तत्काल नरहेको जानकारी समेत दिएको छ । शताव्दीकै महान खेलाडीको दर्जा पाएका पेलेले आफ्नो खेलजीवन भर खेलेका १ हजार ३ सय ६३ खेलमा कीर्तिमानी १ हजार २ स
य ८१ गोल गरेका छन ।
य ८१ गोल गरेका छन ।
आगामी बर्ष भारतका हुने ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेटमा छनौटका लागि छनौट खेल खेल्न जानुअघिको बिदाईमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफुहरुको लक्ष्य बिश्वकपमा छनौट हुनेमात्र नभई प्रतियोगिताको उपाधि नै जित्ने रहेको बताएका थिए । प्रशिक्षब पुवुदु दाशानायकेले पनि यस पटकको तयारी अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै उच्च मनोवल देखाएका थिए । बंगलादेश बिश्वकपमा नेपाली टोलीको प्रदर्शनपछि अन्तराष्ट्रिय रुपमै धेरैको मन जितेको थियो । त्यसयता नेपाली क्रिकेटप्रतिको धारणा नै बदलिएको थियो । प्रतियोगिताको खेलतालिका सार्वजनिक भएदेखिनै नेपाल सजिलो समुहमा परेको र बिश्वकपका लागि छनौट हुन सहज हुने पूर्वानुमान स्वयम् खेलाडीले नै गरेका थिए । ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको नेपाली टोली लगातार दोस्रो पटक ट्वान्टी ट्वान्टी बिश्वकप खेल्न छनौट प्रतियोगितामा सहभागी भयो तर नतिजा भने बिर्सनलायक लिएर आयो । बिश्वकप छनौट अघि नेपालले नेदरल्याण्डस बिरु्रद्ध चार खेलको ट्वान्टी ट्वान्टी शृङखला खेल्यो । शृङखला तीन एकले गुमाएको नेपाली टोलीले नेदरल्याण्डसको मैदानमा गरेको प्रदर्शनबाट, खुलेर खेल्न नसकेको प्रष्ट देखिन्थ्यो । एक सातापछि आयरल्याण्ड पुगेको नेपाली टोलीले छनौट प्रतियोगितामा त्यसलाई थप प्रष्ट पा¥यो की युरोपको पिचमा नेपाली ब्याट्सम्यानहरु सुपर फ्लप देखिए । युरोपको पिचमा आफुह्ररु अभ्यस्त भइसकेकाले आयरल्याण्डमा समस्या नपर्ने प्रशिक्षक पुवुदुको दावीको विपरित एकपछि अर्को खेलमा नेपाली ब्याट्सम्यानको प्रदर्शन लज्जास्पद देखियो । प्रतियोगितामाख नेपालले सजिलै हराउन सक्ने आंकलन गरिएका टोलीहरुले नेपाललाई लज्जास्पद पराजयको बाटो देखाए । समुहको छ खेलमा नेपालले ६ खेलमा चार पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराएको नेपालले अन्य सबै खेलमा प्रशंसकका लागि खुसी दिन सकेन । प्रतियोगिताको सबै खेलमा टस हारेको नेपालका लागि पहिलो खेलमा बाहेक अन्य सबैमा १ सय रनको योगफल बनाउन हम्मेहम्मे प¥यो । नामिवियासंगको दोस्रो खेल बर्षाका कारण रद्ध भएपनि तेस्रो खेलमा नेपालले आयरल्याण्डसंग लज्जास्पद पराजय बेहो¥यो । नेपालले दिएको ५३ रनको लक्ष्य ट्वान्टी ट्वान्टी इतिहाँसमै दोस्रो कम योगफलका रुपमा दरियो । चौथो खेलमा हङकङ बिरु्रद्ध पनि नेपालले पहिले ब्याटिङ गरेको थियो । १ सय ९ रनमा समेटिएको नेपाललाई हङकङले पाँच विकेटको हार चखायो र गत बर्ष ट्वान्टी ट्वा्रन्टी बिश्वकपमा बेहोरेको हारको बदला लियो । पाँचौं खेलमा पुपवा न्यूगिनीसंगको नेपालको पंदर्शन त झन लज्जास्पद रह्यो । नेपालले केवल ९३ रन बनाउन सक्यो र खेल ८ विकेटले सुम्पियो । अन्तिम खेलमा जर्सीलाई पराजित गरि बिश्वकप छनौटको संभावना गणितीय रुपमा बाँकी नै राख्ने नेपालको योजनामा पनि जर्सी बाधक बन्यो ।प्रतियोगिताबाट बाहिरिएसंगै नेपालको बिश्वकप सहभागिता त गुम्यो नै अघिल्लो बर्ष पाएको ट्वान्टी ट्वान्टी क्रिकेटको अन्तराष्ट्रिय मान्यता पनि धरापमा परेको छ । आइसीसीको निर्णय अनुसार ट्वान्टी ट्वान्टी बिश्वकप चार चार बष्र्रमा हुने भएपछि अर्को बिश्वकपका लागि नेपालले चार बर्ष कुर्नुपर्नेछ । पछिल्लो पाँच बर्षम डिभिजन पाँच हुदै डिभिजन दुईमा पुगेको नेपालको आयरल्याण्डको प्रदर्शनपछि साख धुमिल भएको छ । क्रिकेट संघको विवाद जारी नै रहदा नेपाली टोलीको प्रदर्शनले पनि समर्थकलाई निराश बनाएको छ । नेपाली क्रिकेटको यो ्रस्वर्ण काल सक्रिएको पनि आंकलन गर्न थालिएको छ ।
January 8, 2015
मुम्बई । भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपनि बलिउडमा उनको क्रेजमा कुनै कमी नआएको पुष्टि भएको छ ।
बलिउडमा उनको जीवनसँग सम्बन्धित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बन्दै छ । सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गर्ने फिल्मको राईट्स खरिद गर्नका लागि अहिले अफर आउने क्रम जारी छ ।
अहिलेसम्म करिब ८० करोड निश्चित भइसकेको छ, जसबाट धोनीको हातमा २० करोड पर्नेछ । यसको अलावा धोनीले फिल्मको नाफा र रोयल्टीको समेत शेयर पाउनेछन् ।
निरज पाण्डेले निर्देशन गर्न लागेको फिल्ममा धोनी पत्नी साक्षीको भूमिका भने आलिया भट्टले निभाउँदै छिन् । यो फिल्म सन् २०१५ को अन्त्यसम्ममा रिलिज हुने सम्भावना छ । फिल्ममा क्रिकेट स्टार बन्नुभन्दा पहिले उनको जीवनका सुरुवाती दिनहरुको झलक देखाइनेछ ।
मुम्बई । भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपनि बलिउडमा उनको क्रेजमा कुनै कमी नआएको पुष्टि भएको छ ।
बलिउडमा उनको जीवनसँग सम्बन्धित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बन्दै छ । सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गर्ने फिल्मको राईट्स खरिद गर्नका लागि अहिले अफर आउने क्रम जारी छ ।
अहिलेसम्म करिब ८० करोड निश्चित भइसकेको छ, जसबाट धोनीको हातमा २० करोड पर्नेछ । यसको अलावा धोनीले फिल्मको नाफा र रोयल्टीको समेत शेयर पाउनेछन् ।
निरज पाण्डेले निर्देशन गर्न लागेको फिल्ममा धोनी पत्नी साक्षीको भूमिका भने आलिया भट्टले निभाउँदै छिन् । यो फिल्म सन् २०१५ को अन्त्यसम्ममा रिलिज हुने सम्भावना छ । फिल्ममा क्रिकेट स्टार बन्नुभन्दा पहिले उनको जीवनका सुरुवाती दिनहरुको झलक देखाइनेछ ।
काठमाडौं : श्रीलंका भ्रमण राम्रो पनि रह्यो, नराम्रो पनि। व्यक्तिगत रूपमा मैले सोचेको भन्दा निकै राम्रो प्रदर्शन गर्न सकें, तर टिमले जित्न सकेन। तयारी खेल भए पनि जितको चाहना त हुन्छ नै। हङकङसँग हार्दा निकै नमिठो लाग्यो।
तीन दिवसीय खेल पहिलोपटक खेलेकाले मलाई खासै अनुभव पनि थिएन। तर जब पहिलो खेलमा आठ विकेट लिन सकें, दोस्रो खेलमा मेरो आत्मविश्वास निकै बढेको थियो।
पिच हेरेर मैले दुवै पालीमा कम्तीमा पाँच/पाँच विकेट लिन सक्छु जस्तो लागेको थियो। ब्याट्सम्यानलाई उनीहरूकै अनुकूल ठाउँमा मैले आउट गर्न सकें र १० विकेट हात पारें।
हामीले तीन दिवसीय खेल खेलेका दुबै टोलीमा श्रीलंकाको जुनियर टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी सहभागी थिए। मलाई होचो देखेर होला श्रीलंकाली खेलाडी मेरो उचाइ सोध्न आएका थिए। उनीहरूले मेरो निकै प्रशंसा पनि गरे।
हामीले टीट्वेन्टी विश्वकप खेलेको उनीहरूले पनि हेरेका रहेछन। उनीहरूले कप्तान पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र दाइको पनि खुबै प्रशंसा गरे। नेपालमा क्रिकेटको पूर्वाधार, छनोट विधिबारे जिज्ञासा पनि राखेका थिए।
तीन दिवसीय खेलमा मेरो ब्याटिङ राम्रो पनि भयो। दुवै खेलमा राम्रो ब्याटिङ गर्न सकें। वर्षाका कारण हङकङसँगका अधिकांश खेल रद्द भए। लगातारको प्रतीक्षापछि सम्भव भएको एकमात्र टीट्वेन्टी खेलमा भने टोलीको ब्याटिङ चल्न सकेन। पहिला ब्याटिङ गर्ने क्रममा हामीले २५ रन जोड्दा आठ विकेट गुमाइसकेका थियौं। टोलीका सबै सदस्य चिन्तित थियौं।
यस्तो अप्ठ्यारो स्थितिमा म १० औं नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएँ। यसअघि तीन दिवसीय खेलमा राम्रो ब्याटिङ गरेकाले मलाई आफूमाथि विश्वास भने थियो। राम्रो बललाई रोक्ने र अवसर पाउनसाथ रन लिने मेरो योजना थियो। मैले त्यही गर्दै गएँ। मेरो आँखा समय समयमा स्कोर बोर्डमा हुन्थ्यो, टोलीले कति रन पुग्यो भनेर।
एक सय रनसम्म जोड्न सक्यौं भने हामी जित्न सक्छौं जस्तो लागेको थियो, तर त्यहाँसम्म पुग्न सकेनौं। पाली सकिएपछि हाम्रो टेक्निकल एनालिस्ट रमन दाइले तिमीले विश्व रेकर्ड बनायौं भन्नुभयो। उहाँको मजाक गर्ने बानी भएकाले सुरुमा मैले पत्याइनँ। तर, पछि थाहा पाएँ, उहाँले भनेको सही रहेछ।
त्यसपछि यति खुसी भएँ, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। हङकङसँगको खेललाई आईसीसीले पनि मान्यता दिएकाले मेरो कीर्तिमानले पनि मान्यता पाउनु स्वभाविक थियो।
विश्वका होनहार खेलाडीलाई उछिन्दै म शीर्ष स्थानमा पुगें भनेर पत्याउन पनि गाह्रो भयो। फेरि ब्याटिङमा बनाएको कीर्तिमान भएकाले यसले मेरो छुट्टै परिचय पनि स्थापित गराएको छ। यो मेरो व्यक्तिगत सफलता मात्र होइन, सिंगो राष्ट्रले हासिल गरेको उपलब्धि हो।
यसअघि म बलरको रूपमा चिनिएको थिएँ। तर श्रीलंकामा मैले बलिङ र ब्याटिङ दुवैमा राम्रो गर्न सकेँ। बलिङ मेरो जिम्मेवारी हो, ब्याटिङ भने अवसर पाएको बेला खेल्नुपर्छ जस्तो लाग्छ। ब्याटिङमै विश्व कीर्तिमान बनाएकाले अब ममाथि टोलीको विश्वास पनि बढेको छ।
कोचले पनि यसरी नै ब्याटिङ राम्रो ग:यौ भने माथिल्लो क्रममा खेलाउँछु भन्नु भएको छ। हरेक खेलाडीको सपना हुन्छ, राम्रो अलराउन्डर बन्ने। श्रीलंका भ्रमणले यसका लागि मेरो आत्मविश्वास बढाएको छ। साँच्चै भन्ने हो भने श्रीलंका भ्रमणले मेरो परिचय नै फेरिदियो।
(राष्ट्रिय क्रिकेट टोली श्रीलंका भ्रमण सकेर मंगलबार स्वदेश फर्किएको छ। नेपालले त्यहाँ श्रीलंका क्रिकेट बोर्डले दिएको टोलीसँग दुईवटा तीन दिवसीय खेल र हङकङसँग एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल्यो।
दुईमध्ये एउटा तीन दिवसीय खेलमा नेपाल पराजित भयो भने एक खेल बराबरीमा सकियो। ती दुबै खेलमा कुल १८ विकेट लिएर नेपालका युवा बलर सोमपाल कामी म्यान अफ दि म्याच बने। उनले हङकङविरुद्धको टीट्वेन्टी खेलमा ब्याटिङमा विश्व कीर्तिमान पनि बनाए।
उनी टीट्वेन्टी क्रिकेटमा १० औं नम्बरमा ब्याटिङ गर्न आएर ४० रन बनाए, जुन विश्व कीर्तिमान हो। श्रीलंका भ्रमण र विश्व कीर्तिमानको विषयमा १८ वर्षीय । एजेन्सी
विराटनगर, मंसिर १०– नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी तथा तथा नेपाल पुलिस क्लवका कप्तान जुमानु राईले दर्शक कुटेको छन् ।
मोरङको पथरीमा जारी पथरी गोल्डकप अन्तर्गत आज भएको सेमिफाइनल खेलमा झापा ११ सँग १–०ले पराजित भएपछि जुमानुले दर्शक कुटेका हुन्।
जुमानुका समर्थक किशोर पराजुलीले जुमानुले राम्रो खेल्छ भनेर खेल हेर्न आएको तर नराम्रो खेलेको भनेपछि आक्रोत्रित जुमानुले उनलाई कुटेको बताइएको छ ।
जुमानुले उनलाई कुटपछि खेल मैदानमा केही बेर तनाव समेत भएको थियो । एजेन्सी
एजेन्सी । ‘जसले मौकामा चौका हान्छ उसैले जीवनमा माजी मार्छ ।’ यस्तै गरेका छन् भारतीय क्रिकेटर विराट कोहलीले ।
श्रीलंकाविरुद्ध सन् २००८ मा डेब्युर गरेका कोहलीले अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन । उनले केही क्षेत्रमा मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई समेत पछि छाडिसकेका छन् ।
उनले यही रुपमा खेल्ने हो भने उनी एक दिन संसारकै सर्वश्रेष्ठ व्याट्सम्यान बन्नेछन् । हालै श्रीलंकाविरुद्धको सिरिजमा उनले आफू जिम्मेवारी उठाउन तयार रहेको पुष्टि गरेका छन् । एकातिर राँचीको खराब पिच र अर्कोतर्फ लगातार विकेट गिरिरहेको थियो ।
यसको बाबजुत कोहलीले संयमतापूर्व व्याटिङ गर्दै १३९ रनको महत्वपूर्ण पारी खेल्दै भारतलाई जित दिलाए ।
कोहली यो सँगै सबैभन्दा छिटो वान डे क्रिकेटमा २१ शतक बनाउने खेलाडी बनेका छन् । उनले २१ शतक आफ्नो १३८ औं पारीमा पुरा गरेका हुन् । यही २१ औं शतक सचिन तेन्दुलकरले २०० औं र शौरभ गांगुलीले २१७ औं पारीमा पुरा गरेका थिए ।
लक्ष्य पछ्याएको खेलमा खेलमा विराटको यो १३ औं शतक थियो, जबकी सचिन तेन्दुलकरले लक्ष्य पछ्याएको खेलमा सबैभन्दा बढि १४ शतक प्रहार गरेका थिए ।
जसका लागि सचिनले ४५२ पारी खेले भने कोहलीले १३८ पारी खेलेका छन् । यसपछि सइद अनवर र सनथ जयसूर्या ९–९ शतकका साथ तेस्रो नम्बरमा रहेका छन् ।
कोहली सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडिको लिस्टमा अब क्रिस गेल र हर्शल गिब्सका साग संयुक्त रुपमा पाँचौ नम्बरमा रहेका छन् । कोहली अब सचिन तेन्दुलकर (४९), रिकी पोन्टिङ (३०), सनथ जयसुर्या (२८) र शौरभ गांगुली (२२) भन्दा पछाडि रहेका छन् । राँचीमा खेलिएको श्रीलंका विरुद्धको खेलसँगै कोहलीले यो वर्षमात्रै १००० रन पुरा गरेका छन् ।
यो संगै उनले लगातार ४ वर्ष १००० रन बनाउने शौरभ गांगुलीको कीर्तिमानको बराबरी गरेका छन् । गांगुलीले सन् १९९७, १९९८, १९९९ र २००० मा लगातार १००० रन पार गरेका थिए । यस्तै उनी देश र विदेशमा द्विपक्षीय सिरिजमा क्लिनस्विप गने पहिलो कप्तान पनि बनेका छन् ।
श्रीलंका विरुद्धको खेलमा ५–० को जित निकाल्नुपूर्व कोहलीको अगुवाईमा भारतले जिम्बाबेलाई उसकै मैदानमा ५–० ले हराएको थियो । यी तमान उपलब्धिले विराट कोहलीले विश्वका सर्वश्रेष्ठ क्रिकेट हस्तीलाई पनि पछि पार्ने अनुमान गरिएको छ ।
- Seewww.nepalsandesh.com/2014/11/18/110063#sthash.4xS7dVv7.XlCwT4p2.dpuf
चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लायोनेल मेसीबीच एक प्रतिस्पर्धा चल्छ | एक पटक ड्रोग्बालाई पहिलो हुने रहर जाग्यो अनि उनि कुदे विश्वका विभिन्न देशका विभिन्न परिकार चाख्नका लागि |
सबैभन्दा पहिले उनि नेपाल आउछन र एउटा रेस्टुरेन्टमा पसेर पलेँटी कसेर बस्छन | अनि ल्याइएको मोमोलाई खानु अघि नमस्ते गर्छन र खान सुरु गर्छन, अनि देख्छन भित्तामा अर्जेन्टिनी खेलाडी मेसीसित हात मिलाएको फोटो | अर्थात् उनीभन्दा पहिले नै मेसी नेपाल आइसकेका हुन्छन |
त्यसपछि उनि फेरी लाग्छन जापान, त्यहाँ पनि आफु भन्दा अगाडी मेसीकै फोटो देख्छन अनि फेरी कुद्छन संसारका अन्य देशहरुका परिकार चाख्नका लागि | यी दुई खेलाडीलाई संसारका विभिन्न देशका परिकारहरु चखाउने कम गरेको छ टर्किस एयरलाइन्सले |
शुक्रवार मात्रै टर्किस एयरलाइन्सले एउटा नयाँ विज्ञापन सार्वजनिक गरेको छ | चौध नोवेम्बरमा युट्युबमा राखिएको यो विज्ञापन २४ घण्टा नबित्दै साढे नौं लाखले हेरिसकेका छन् । भाइरल हुदै गरेको यो रमाइलो विज्ञापनमा नेपालबाहेक जापान र साइबेरियालगायतका अन्य केहि देशहरुलाई पनि देखाइएको छ।
सबै ठाउँमा मेसीको अटोग्राफसहितको फोटो देखेपछि ड्रोग्बा हैरान हुन्छन । अन्त्यमा विमानभित्रको परिकारमा रमाउँछन् । तर त्यही विमानको बाहिरपट्टी मेस्सीकै फोटो हुन्छ । जहाँ टर्किस एयरलाइन्सको प्रचार गरिएको देख्न सकिन्छ |
www.nepaljapan.com
२६ कात्तिक, काठमाडौं । रियल मडि्रडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ड्रेसिङ रुपमा लिओनल मेस्सीलाई अश्लिल शब्दले बोलाउने गरेको आरोप अस्वीकार गरेका छन् ।
एक स्पेनिस फुटबल पत्रकारले रोनाल्डो र मेस्सीको सम्वन्ध बाहिर देखिए जस्तो सौहार्दपूर्ण नभएको र मड्रिडको ड्रेसिङ रुपमा रोनाल्डोले मेस्सीलाई अश्लिल शब्द उपनाम दिएको दावी गरेका थिए ।
तर, रोनाल्डोले भने आरोप अस्वीकार गरेपवाद हुन सक्दैनन् ।’
स्पेनिस पत्रकार गेलिनले आफ्नो पुस्तका छन् । उनले फेसबुक पेजमा लेखेका छन्-‘म सबै व्यवसायिक सहकर्मीहरुको समान्न गर्छु । मेस्सी अकमा दुई स्टर फुबटलको सम्वन्धबारे चर्चा गरेका छन् । उनले बर्नाबाउका खेलाडीहरुले नै आफूलाई यो सूचना दिएको दावी गरेका छन् ।
मेस्सीलाई अश्लिल शब्दको उपमा दिएर रोनाल्डोले यसलाई आयरल्याण्ड र बेलायतको जनताको सम्वन्धका रुपमा व्याख्या गर्ने गरेको पुस्तकमा दाबी गरिएको छ ।
रोनाल्डोको यस्तो व्यवहारलाई रियल मड्रिडकै खेलाडीहरुले भने यसलाई कुकुर र कठपुतली संग तुलना गरेको समेत स्पेनिस फुटबल पत्रकार गेलिनले बताएका छन् ।
रियल मड्रिडका रोनाल्डो र बार्सिलेानाका मेस्सी मध्ये उत्कृष्ट फुटबल भन्ने बहस टुङ्गएिको छैन ।
http://www.onlinekhabar.com/2014/11/205715/#sthash.dFpH3cAc.dpuf
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी चाँडै नै बुवा बन्न लागेको खबर मिडियामा छाएको छ । यदि स्रोतलाई मान्ने हो भने धोनी र उनकी श्रीमती साक्षी उनीहरुको पहिलो सन्तानको आगमनको तयारीमा छन् । स्रोतको दाबी अनुसार साक्षी चार महिनाकी गर्भवती छिन् । स्मरण रहोस्, गत अप्रीलमा पनि साक्षी गर्भवती भएको खबर आएको थियो तर साक्षीले आफू गर्भवती भएको समाचार निराधार रहेको बताएकी थिइन् । २७ वर्षीय साक्षी अहिले दिल्लीको वसन्त कुञ्जस्थित हस्पिटलमा महिला डाक्टरहरुको सम्पर्कमा रहेको बताइएको छ । उनी नियमित उपचारको लागि उक्त हस्पिटलमा जाने गरेको समाचारमा उल्लेख छ । स्रोत भन्छ, ‘धोनी अहिले आफ्नी श्रीमतीमाथि थुप्रै उपहारहरुको वर्षा गरिरहेका छन् र उनलाई खुसी पार्न आफूले सक्दो प्रयास गरिरहेका छन् । ’ यद्यपी उनीहरु यो विषयमा अहिले कसैसँग पनि कुरा गर्न नचाहेको बताइएको छ । धोनीले आफ्नी पुरानो साथी साक्षी रावतसँग सन् २०१० को जुलाई ४ मा विवाह गरेका थिए । त्यतिबेला साक्षी होटल म्यानेजमेन्टकी विद्यार्थी थिइन् । (एजेन्सी)
www.ratopati.com
www.ratopati.com
हैदराबाद, कार्तिक २४ –भारतका स्टार ब्याटस्म्यान विराट कोहली एकदिवशीय क्रिकेटमा सबैभन्दा चाँडो ६ हजार रन पूरा गर्दै खेलाडी बनेका छन् । श्रीलंका विरुद्धको तेस्रो वानडेमा ५३ रन बनाउँदै कोहलीले यो रेकर्ड बनाएका हुन् । उनले वेस्ट इन्डिजका सर विवियन रिचर्डको रेकर्ड तोडेका हुन् । १४४ औं खेलमा १३६ औं इनिङ खेल्दै कोहलीले उक्त किर्तिमान बनाएका हुन् । रिचर्डले १५६ खेल खेलमा १४१ इनिङ खेल्दै सो रेकर्ड बनाएका थिए । २६ वर्षीय कोहलीले ५१.२९ को औसतले ६००३ रन बनाएका छन् । जसमा २० शतक र ३२ अर्ध शतक सामेल छ । हैदराबादमा भएको खेलमा विराटकी प्रेमिका अनुश्का शर्मा पनि उपस्थित थिइन् । उनले अर्ध शतक बनाएपछि आफ्नो हेल्मेट निकालेर अनुश्कालाई फ्लाइङ किस दिएका थिए । यसअघि भारतको इंग्ल्याण्ड भ्रमणमा पनि अनुश्कासँगै देखिएकी थिइन् ।
- See more at: http://www.ratopati.com/2014/11/10/181387.html#sthash.ZYI8BESQ.acltx5DY.dpuf
- See more at: http://www.ratopati.com/2014/11/10/181387.html#sthash.ZYI8BESQ.acltx5DY.dpuf
कुबेतमा जारी एसिसी यु-१९ क्रिकेटमा नेपालले साउदी अरेबिया विरुद्ध ३२२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३२१ रन बनाएको हो। नेपालका लागि शंकर रानाले सर्वाधिक ८९ रन बनाएर आउट भए। उनले ८२ बलमा ११ चौका र दुई छक्का प्रहार गरेका थिए।
यस्तै कप्तान राजु रिजालले ४९ रनको योगदान दिए। ५३ बल खेलेका कार्कीले २ चौका प्रहार गरेका थिए। यस्तै सिनीयर टोलीबाट पनि खेलिसकेका आसिफ शेखले ३३ रनको योगदान दिए। यस्तै शौरभ खनालले १५ बल खेल्दै २ छक्कासहित २३ रन बनाए। १० बल खेलेका योगेन्द्र सिंह कार्कीले १० रन बनाए। ओपनर प्रेम तामाङले ११ रन बनाउँदा अर्का ओपनर सुनिल धमलाले २६ रन बनाएका थिए।
http://setopati.com/khel/19767/
काठमाडौं, कार्तिक २२ – टेनिस स्टार एण्डी मुरे वल्र्ड वाइल्ड लाइफ फण्डका ग्लोबल एम्बासेडर चयन भएका छन् । कुकुरहरुलाई निकै माया गर्ने ब्रिटेनका नम्बर एक खेलाडी मुरेले वन्यजन्तुको शिकार र अवैद्य कारोबारविरुद्धको लडाईंमा सहयोग गर्नेछन् । मुरेले नेपालको चितवन राष्ट्रिय निकुञ्जका कुकुरहरुलाई शिकारी पहिचान गर्ने विशेष प्रशिक्षण दिने कार्यक्रमलाई सहयोग गर्ने बिबिसीले जनाएको छ । नेपालमा अवैद्य चोरी शिकारीले गर्दा बाघ, गैंडा र हात्ती संकटमा रहेका छन् । मुरेको सहयोगका लागि सम्मान स्वरुप प्रशिक्षण कार्यक्रमका एक कुकुरलाई उनको नाम समेत दिइएको छ । - See more at: http://www.ratopati.com/2014/11/08/180791.html#sthash.iEj0U6hX.dpuf
ब्राजिलका स्टार स्ट्राइकर नेमार जुनियरले आफ्नी प्रेमिका सोराजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ ।
नेमारले सर्बियाली प्रेमिका सोराजालाई आफ्नै निजी हवाइजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो ।नेमारले सोराजाको टिकट रद्द गरी आफ्नो निजी विमान पठाएका थिए ।
नेमारको निजी विमानमा सवार सोराजाले नेमारको जर्सी लगाएको फोटो सावजनिक गरेकी छन् ।
फोटोमा विमानको सिटमा एक्लै बसेको देखिएको छ । गत वर्ष मात्रै उनीहरुका बीचमा सम्बन्ध गाँसिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।
source: nepalsandesh
। ब्राजिलका स्टार स्ट्राइकर नेमार जुनियरले आफ्नी प्रेमिका सोराजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ ।
नेमारले सर्बियाली प्रेमिका सोराजालाई आफ्नै निजी हवाइजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो ।
नेमारले सोराजाको टिकट रद्द गरी आफ्नो निजी विमान पठाएका थिए ।
नेमारको निजी विमानमा सवार सोराजाले नेमारको जर्सी लगाएको फोटो सावजनिक गरेकी छन् ।
फोटोमा विमानको सिटमा एक्लै बसेको देखिएको छ । गत वर्ष मात्रै उनीहरुका बीचमा सम्बन्ध गाँसिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
काठमाडौं, कार्तिक १६ – स्वीटजरल्याण्डको चौंथो डिभिजन क्लबका एक खेलाडीलाई रेफ्रीको अनुहारमा बल प्रहार गरेको र पानी छर्केको आरोपमा ५० वर्ष प्रतिबन्ध लगाइएको छ । स्वीस पत्रिका ब्लिकका अनुसार यस्तो अनौठो प्रतिबन्ध पाउने खेलाडी पर्चुगल फुटबल क्लबका डिफेन्डर रिकार्डो फरेर हुन् । स्थानीय बर्न लिगमा एससी वोर्बको हातबाट १–० को पराजय भोगेपछि क्रुद्ध बनेका रिकार्डोले खेल सकिएपछि रेफ्रीको मुखमा बलले प्रहार गर्दै अपशब्द बोलेका थिए । पछि रेफ्रीमाथि पानी पनि खन्याएका थिए । यद्यपि, रिकार्डोले भने खेल खेलेका थिएनन् । उनी अतिरिक्त खेलाडीका रुपमा रहेका थिए ।
रिकार्डोले यसअघि पनि प्रतिद्वन्द्वी खेलाडीमाथि आक्रमण गरेको आरोपमा ४५ खेलमा प्रतिबन्ध भोगिसकेका छन् । स्वीटजरल्याण्ड अमेचुअर फुटबल लिगका वकिल रोबर्ट ब्रेइटरले लिगमा रिकार्डो जस्ता खेलाडी नचाहिने स्पष्ट पारेका छन् । उता, रिकार्डो भने यस निर्णयबाट स्तब्ध छन् । उनले भने, ‘मलाई लागेको थियो दुई वर्षको प्रतिबन्ध हुन्छ । तर, ५० वर्ष ? फुटबल मेरो जीवन हो ।’ यस प्रतिबन्ध पछि उनी अब ५ जुन, २०६४ मा मात्र फुटबल खेल्न पाउनेछन् । उनी त्यतिबेला ७८ वर्षको हुनेछन् ।
www.ratopati.com
श्रीलंकाका महिला क्रिकेटरहरुले अधिकारीहरुमाथि लाजलाग्दो आरोप लगाएका छन् । खेलाडी चयन कर्ताहरुले आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको आरो उनीहरुले लगाए । श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । त्यसैगरी महिला क्रिकेटर छनौटका विषयमा छानविनको आदेश समेत दिएको छ । एक स्थानीय सञ्चार माध्यमका अनुसार महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रीय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको छ । यसका लागि एउटा प्यानल नै गठन गरिएको छ । यो प्यानलले आरोप लगाउने महिला क्रिकेटर र छान्ने अधिकारीहरुसँग कुराकानी गर्नेछ । महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् । यस अघि सन् २०१२ मा पनि श्रीलंक क्रिकेट बोर्डकी एक महिला कर्मचारीले अधिकारीहरुमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । - See more at: http://nepaliheadlines.com/2014-10-30-11-51-57.html#sthash.IzlKFtSC.dpuf
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मलेशियामा सम्पन्न आईसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।
नेपाली टोली समूह विजेता बनेको परिणाम आए लगत्तैै प्रधानमन्त्री कोइरालाले विजय दिलाउने टीमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट नेपाली क्रिकेट टिमका कप्तान, समस्त खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन् । उनले यस सफलताले नेपाली क्रिकेट टीमलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले यस क्रिकेट प्रतियोगितामा विजेता बनी नेपाललाई डिभिजन थ्रीबाट डिभिजन टु मा पु¥याएर नेपाली क्रिकेट टीमले राष्ट्रिय गौरव बढाएको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
www.nepalsandesh.com
काठमाडौं, कार्तिक १३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।
किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय २३ रन जोड्यो ।
नेपालका तीन खेलाडिले अर्धशतक बनाए । सागर पुनले ६४, नरेश बुढाऐरले ५१ तथा ज्ञानेन्द्र मल्लले ५६ रन जोडेको इनिङमा पुछारका ब्याट्सम्यानहरुले भने खुलेर ब्याटिङ गर्न सकेनन् ।
पारस खड्काले १३ रन बनाए भने अन्य सबै खेलाडी दोहोरो अंक जोड्न नपाउँदै पभेलियन फर्किए । बलिङतर्फ युगान्डाका रोजर मुकासा एक्लैले ६ विकेट लिए ।
जवाफमा २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डा ४५औं ओभरमा १ सय ६१ रनमै समेटियो । नेपालका भुवन कार्कीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे ।
यो जितसँगै नेपालले डिभिजन ‘थ्री’को पहिलो खेलमा युगान्डासँग भोगेको हारको बदला समेत लिएको छ । नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि जितेको यो दोस्रो अवसर हो ।
यसअघि सन् २०१३ मा बर्मुडामा भएको फाइनलमा युगान्डालाई नै ५ विकेटले हराउँदै नेपाल पहिलो पटक डिभिजन ‘थ्री’ च्याम्पियन बन्दै डिभिजन ‘टु’मा उक्लिएको थियो ।
तर, डिभिजन ‘टु’को प्रतियोगिता हुन नपाउँदै सन् २०१५ मा हुने विश्वकपको लागि न्यूजिल्यान्डमा सम्पन्न छनोट प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुछारको दुई स्थानमा रहेपछि नेपाल र युगान्डा डिभिजन ‘थ्री’मा झरेका थिए । यो पटक दुबै टोलीलाई डिभिजन ‘टु’मै रहने वा त्योभन्दा माथि उक्लने अवसर मिलेको छ ।
डिभिजन ‘टु’ प्रतियोगिता आगामी जनवरी १७ तारीखबाट नामिबियामा हुनेछ । उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित केन्या, नामिबिया, नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् ।
http://imagekhabar.com/samachar
कार्तिक १२, एजेन्सी
फिफाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटवलको आधिकारिक लोगो अन्तरिक्षबाट सार्वजनिक गरेको छ । रुसी अन्तरिक्ष केन्द्रबाट गएको क्यापसुलभित्रका तीन अन्तरिक्ष यात्रीले रुस विश्वकपको लोगो हिजो सार्वजनिक गरेका हुन् ।
त्यस लगत्तै मस्कोमा भव्य समारोह आयोजना गरेर रुस विश्वकप यात्रा शुभारम्भ भएको घोषणा गरिएको थियो । कार्यक्रममा फिफा अध्यक्ष सेप ब्लाटर, स्थानीय आयोजक कमिटिका अध्यक्ष भित्ले मुत्को र सन् २००६ का विश्वकप विजेता टोली इटालीका क्याप्टेन फाबियो कानभारोको उपस्थिति थियो । आगामी जुन र जुलाईमा रुसका ११ शहरमा यस्तै कार्यक्रम आयोजना गरिने भएको छ ।
फिफा अध्यक्ष सेप ब्लाटरले पछिल्लो समय सम्बन्ध चिसिएका रुस र युक्रेनलाई विश्वकपमा छनोट भए एउटै समूहमा नराखिने स्पष्ट पारेका छन् । पूर्वी युक्रेनमा सक्रिय रुसी पृथकतावादीलाई मस्कोले सघाएको भन्ने आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।
radiokantipur.org