मोरङको उर्लाबारीमा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। शुक्रबार साँझ ६ बजेर ५० मिनेट जाँदा उर्लाबारी-२ मा सब्जी ब्यापारी गर्ने
५५ बर्षीय केशब थापामगरले ५० बर्षीय श्रीमती देवीमायाँलाईखुकुरी प्रहार गरी हत्या गरेका छन्।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट देविमायाँको घाँटी काटिएको र घटनास्थलमै ज्यान गएको हो।
देवीमायाँको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र उर्लाबारी लगिएको छ।
श्रीमान श्रीमती उर्लाबारी-२ को सिसौली भन्ने ठाउँमा बस्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरू दिउँसैदेखि विवाद गर्दै आएका थिए। श्रीमतीको हत्या गरेपछि केशवले आफूलाई पनि पेटमा खुकुरी हानेका थिए। आफैले हानेको खुकुरीले गम्भीर घाईते केशवलाई अहिले थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको प्रहरीले जनाएको छ।

पढाइदिने र जागिर लगाइदिने प्रलोभन पारेर युवतीमाथि बलात्कार गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
तनहुँका डम्बर बहादुर अधिकारीलाई लगनखेलबाट प्रहरीले पक्राउ गरेको हो । उनले एक १८ वर्षीया युवतीलाई १ वर्षअघि देखि नै यौन शोषण गर्दै आएको खुलेको हो । अधिकारी हालसालै वैदेशिक रोजगारबाट विदामा फर्किएका बेला पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारमा जानुअघि नै अधिकारीले आफूमाथि यौन शोषण गर्दै आएको युवतीले प्रहरीसामु वयान दिएकी छिन् । पढाइदिने र जागिर लगाइदिने सर्तमा अधिकारीले युवतीलाई भाडाको कोठामा राखि यौन शोषण गर्दै आएको थिए ।
विदेशमा रहेका बेला अधिकारीले उनलाई पैसा र मोबाइल समेत पठाउने गरेका थिए । आफूले पढाइदिने सर्तमा युवतीलाई कोठामा राखेको र त्यसवापत उनले यौन शोषण गर्दै आएको अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
ललितपुरका एसएसपी पिताम्बर अधिकारीले भने यस विषयमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई बलात्कारको मुद्दा चलाउने तयारी गरेको छ । यस विषयमा भोलि आइतबार पत्रकार सम्मेलन गर्ने ललितपुर प्रहरीको तयारी छ ।

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ज्यासमिन टेलटो नामी एक महिलाले आफ्नै पतिको मोबाईलमा एक युवतीको नांगो फोटो देखेपछि उनको घाँटीमा चक्कु प्रहार गरेकी छन् ।
घटनाबारे छिमेकीहरुले थाहा पाएर प्रहरीलाई जानकारी दिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
ज्यासमिनले पतिको मोबाईलमा नांगो फोटो देखेपछि यसबारेमा सोधेकी थिइन् ।
तर उनले केही नभनेपछि चक्कु चलाएको समाचारमा जनाइएको छ ।
उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ । उनलाई ५ लाख डलर जमानत माग गरिएको छ । उनीविरुद्ध घरेलु हिंशा सम्बन्धि मुद्दा चलाइएको छ ।
२०७१ फाल्गुन २६ मंगलवार
'मेरी छोरीलाई पापीले मारीहाले, अरु छोरीहरु यसरी मर्नु नपरोस् '
बारा : बाराको बेटी बचाउ संघर्ष समितिले बालिका बलात्कार गर्ने अपराधीलाई फासीको सजाय दिने कानुन नबन्दासम्म बलात्कृत बालिकाको शव नजलाउने कठोर निर्णय गरेको छ।

फागुन ९ गते कलैयाको मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा फेला परेकी कलैया ८ की सात वर्षिया बालिाकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा अस्ति आइतबार मृत्यु भएको थियो। उनको शव मंगलबार कलैया पुर्याइएको थियो। बलात्कृत बालिकाको शव सहित बाराको कलैयामा मङगलबार प्रदर्शन भएको छ। प्रदर्शनमा व्यापक जनसहभागिता थियो।
संघर्ष समितिका सचिच मुकेश शाहले बालिका बलात्कार गर्ने अपराधीलाई फासीको सजाय दिने कानुन बन्ने सुनिश्चित नहुँदासम्म बलात्कृत बालिकाको शव नजलाउने निर्णय भएको बताए। 'साना छोरीहरु भोली बलात्कारीको सिकार हुनु नपरोस् भनेर हामीले यस्तो कठोरे निर्णय गरेका हौं। माग पुरा नहुन्जेलसम्म हामी बालिकाको शव सडकमै राख्छौं, शाहले भने।
परिवारको सहमतिमै संघर्ष समितिले यस्तो निर्णय लिएको हो। बालिकाका बाबुले पनि रुँदै भने, 'मेरी छोरी त मरी अब अरु छोरीहरु यसरी मर्नु नपरोस् भनेर यस्तो निर्णय लिन वाध्य भएका हौं।' संघर्ष समितिले कलैयाको जिल्ला प्रशासन कार्यलय नजिकै भरतचोकमा टेन्ट गाड्दै छ। त्यही बालिकाको शव राख्ने तयारी भइरहेको छ।
दाह संस्कारका लागि काठमाण्डौबाट मङगलबार ल्याइएको शव , बेटी बचाउ संघर्ष समितिले कलैयामा अवस्थित जिल्ल प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा राखेर दिउँसो एक बजे देखि प्रदर्शन गरेको हो। प्रदर्शनमा कलैयाका सर्वसाधरण, नागरिक समाज , युवा , विधार्थी , राजनीतिक दलका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको छ ।प्रदर्शनमा सहभागीहरुले मङगलबार दिउसो सवा २ बजे देखि कलैया बजार पनि बन्द गराएका छन्।
बेटी बचाउ संघर्ष समितिले कलैयामा अहिले सम्म बलत्कार पछि हत्या गरिएका बालिकाहरुको परिवारलाइ क्षतिपुर्ति बापत जनही २० लाख रुपैया उपलब्ध गराउनु पर्ने , कलैया नगर क्षेत्रमा सिसि क्यामेरा जडान गर्नु पर्ने ,नगरको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउनु पर्ने लगायतका माग गर्दै प्रदर्शन गरेको समितिका सचिव मुकेश साहले बताए।
यस्तै काठमाण्डौबाट शव ल्याउने क्रममा सिमरामा पनि मङगलबार दिउँसो स्थानीयवासीले बालिकाको शव सहित प्रदर्शन गरेका थिए। सिमराको मुख्य चोकमा स्थानीयवासी, राजनीतीक दलका नेता कार्यकर्ता र युवा विधार्थीले बालिकाको शव राखेर १५ मिनेट प्रदर्शन गरेका थिए।
25 वर्षदेखि बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी काशीमाया तामाङको बुधबार उद्धार गरीएको छ ।
उहाँलाई भरतपुर अस्पतालमा उपचारको व्यवस्था समेत मिलाइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा मानसिक समस्या भएको भन्दै महिलालाई वर्षौदेखि खोरमा थुनिएको भन्ने समाचार आएपछि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका व्यक्ति सञ्चारकर्मीसहितको टोलीले उद्धार गरेको हो ।उद्धारमा सक्रिय राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, प्रमुख जिल्ला अधिकारी मानबहादुर विके, भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर महेन्द्रराज न्यौपानेसहितको टोलीले घरमा गएर महिलको उद्धार गरेको हो । बुधबार नै काशीमायालाई भरतपुर अस्पतालको मानसिक रोक उपचार कक्षमा राखर उपचार सुरु गरिएको छ । बिरामी काशीमायालाई निको नभएसम्मको लागि निःशुल्क उपचार, खान, बस्नको लागि व्यवस्था गर्ने डाक्टर महेन्द्रराज न्यौपानले बताउनुभयो । २५ वर्षसम्म खोरमा थुनिएर बस्दा समेत उहाँको चेतान शक्ति सुधारउन्मुख रहेकाले उपचार गर्दा निको हुने डाक्टर न्यौपानले बताउनुभयो ।

१६ वर्षमा विवाह भएर १७ वर्षको उमेरबाट मानसिक समस्या देखिएपछि काशीमायालाई परिवारका सदस्यले बाख्रा बाध्ने खोरमा थुन्नेका थिए । केही वर्ष भारतका विभिन्न शहर, नेपालको पाटन अस्पतालमा उपचार हुँदा केही सुधार भएपनि नियमित औषधी खुवाउन नसक्दा समस्या भएको बुबा फयसिंह तामाङले बताउनुभयो । फयसिंहले जेठाछोरोमा पनि मानसिक समस्या देखिएपछि उपचार गर्न कठिन भएको जानकारी दिनुभयो । बिरामी काशीमाया र उहाका भाइलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।स्रोत :उज्यालो अनलाइन
काठमाण्डौ, २४ मंसिर– बलात्कारीलाई घटनाको २४ घण्टाभित्र हत्या गरे कानुन नलाग्ने व्यवस्थासहितको कानुन बन्ने भएको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो कडा प्रावधानसहितको व्यवस्था लागू गर्न प्रस्ताव गरिएको हो । हालको ऐनमा बलात्कारीलाई घटनाको एक घण्टाभित्र पीडितले हत्या गरेमा कानुनी कारबाही नहुने व्यवस्था छ ।
विधेयकबारे छलफल गर्न बुधबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले यस्तो जानकारी दिएकी हुन् ।
उनले राज्यका हरेक तहमा महिलाहरुको समान सहभागिता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने बताइन् ।
उनले महिला हिंसा अन्त्यको अभियान घरबाटै सुरु हुनेपर्ने उल्लेख गरिन् ।
‘प्रत्येक नेपालीलाई म हिंसा गर्दिन र हिंसाविरूद्ध आवाज उठाउँछु’ भन्ने प्रतिबद्धता जाहेर गर्न उनले आग्रह गरिन् ।

महिलाका लागि असुरक्षित ठहरिँदै आएको भारतको राजधानी नयाँ दिल्लीमा ड्राइभरले ट्याक्सीभित्रै ग्राहक युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
शुक्रबार रति दिल्लीको बसन्त बिहारबाट भाडाको ट्याक्सी चढेकी २७ वर्षे युवती बाटोमै बलात्कारको शिकार भएकी हुन्।पीडित युवतीले ट्याक्सी ड्राइभरविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दर्ता गरेपछि घटना सार्वजनिक भएको हो। समाचार एजेन्सी पीटीआइकाअनुसार १० बजे राति ती युवतीले बहुराष्ट्रिय क्याब कम्पनी उबेरको कार मगाएकी थिइन्।
ड्राइभरले कारभित्रै बलात्कार प्रयास गरेपछि उनले प्रतिवाद गरेकी थिइन्। तर उनले आफूलाई जोगाउन सकिनन्।
प्रहरीका अनुसार संयमित युवतीले घटनापछि ड्राइभरलाई घरसम्म पुर्याइदिन अनुरोध गरिन्। जब ड्राइभरले उनलाई घरमा छोडिदिए त्यही मौकामा मोबाइलबाट कारको फोटो खिच्न भ्याइन्। सोही प्रमाणको आधारमा दिल्ली पुलिसले बलात्कार आरोपी कारका चालकलाई पक्राउ गरेको दाबी गरेको छ।
युवती बलात्कारको घटनाको विरोधमा आम आदमी पार्टीका कार्यकर्ताले सोमबार बिहानैदेखि गृहमन्त्री राजनाथ सिंहको घर बाहिरपट्टि प्रदर्शन गरिरहेका छन्। आम आदमी पार्टीका नेता योगेन्द्र यादवले दिल्लमा महिला सुरक्षा बल स्थापना गर्न माग गरेका छन्।
साथै दिल्लीको सार्वजनिक यातायातमा सिसिटिभी जडान गर्न उनले माग गरेका छन्। ‘महिला सुरक्षा केन्द्रित निर्भय कोषमा १,००० करोड रुपैयाँ जारी भए पनि त्यो कहाँ खर्च गरियो ?, उनले प्रश्न उठाएका छन्।
पक्राउ परेका उबेरका ट्याक्सी ड्राइभरलाई आजै अदालत पेश गरिने जनाइएको छ ।
एजेन्सी
काठमाडौं । सामान्य विवादमा नातिले हजुरआमाको घाँटी रेटेर हत्या गरेका छन् । विवादमा क्रममा आफूलाई घुरेर हेरेको भन्दै काठमाडौं विजयश्वरीका १८ वर्षीय छिरिङ तामाङले ८६ वर्षीया हजुरआमाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
केही दिनअघि काभ्रेबाट छोरीको घरमा बस्न आएकी हजुरआमा दामु तामाङलाई कान्छी छोरीका छोराले टाउको छिनाएर विभत्स हत्या गरेका हुन् । हजुरआमाले घुरेर हेरेपछि आफूले हत्या गरेको उनले स्वीकार गरेका छन् ।
हजुरआमालाई बोका काटेझैँ काटेर हातमा टाउको लिएर भाग्दै गरेका उनलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए । अनलाइन दैनिकबाट साभार

विश्वासै नभएको घटना भएपछि पत्याउन करै लाग्छ । यस्तै घटनाले जीवनभर मानसिक तनावमा बाँच्नुपर्ने बाध्यतासँगै पुरुष भन्ने शब्दसँगै मनभरि घृणा जागेको छ एक युवतीको । तर, पनि हरेस नखाई उनी आफूलाई लुट्ने नक्कली प्रेमी र उनकै सहयोगमा बलात्कार गर्ने अर्का युवालाई कारबाही गराउन प्रहरीमा धाइरहेकी छिन्
जन्मदिने बाबुआमाजस्तै प्यारो हुन्छ उमेरमा कोही अरू पनि । विश्वास र मायामा परेका एक जोडीमध्येका दुवै अहिले पछुतोमा छन् । प्रेमी प्रहरी कस्टडीमा प्रायश्चित गर्दै छन् भने प्रेमिका उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छिन् । । अझ प्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छिन् । ‘आफ्नो जीवनमा जे भयो भयो, अरू प्रेमीप्रेमिकाले यस्तो जीवन भोग्नु नपरोस्,’ उनले भनिन् । धुलिखेलमा बयानका लागि आएकी उनले भनिन्, ‘यतिखेर मलाई आफ्नै बाबासँग हिँड्दा पनि १० पटक सोच्नुपर्ने भएको छ ।
‘भर्खर १८ वर्षकी भएँ,’ स्टाफ नर्सको दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंबाहिर घर हो । बुबाआमा काठमाडौंमा बस्ने भएकाले जन्म पनि यतै भयो ।’ उनका अनुसार नौ महिनाअघि दोलखा घर भई भक्तपुर बस्दै आएका उमेश उप्रेतीसँग भेट भएको थियो । उप्रेती प्रिमियर कलेज काठमाडांैमा बिबिएसमा अध्ययन गर्दै छन् ।
‘मेरो र उमेशको नजानिँदो तरिकाले प्रेम सुरु भयो,’ उनले सुनाइन्, ‘गोदावरीमा जाँदा उसको र मेरो देखादेख भएको रहेछ । म साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भएको थियो ।’ कलेजको नाम मात्र भनेपछि उनलाई भेट्न उप्रेती कलेजमै आएका थिए । ‘साथीको अफिसमा गएर कुरा गराँै भन्दै उसले बाइकमा बस्न अनुरोध गर्यो,’ उनले सुनाइन्, ‘त्यहाँ पुगेपछि उसले शरीरमा हात हाल्यो ।’ पहिलो भेटमै जबर्जस्तीमा परेकी उनीसँग भएका सबै क्रियाकलाप क्यामेरामा कैद भएको रहेछ ।
उनले भनिन्, ‘पटकपटक मानसिक तनाब दिन थाल्यो । सेक्स क्लिप छ भन्दै फोन गर्न थाल्यो ।’ उनका अनुसार सेक्स क्लिप बाबुआमालाई पठाइदिन्छु भन्दै उप्रेतीले तर्साएका थिए । उप्रेतीले भनेको नमाने बाबुआमालाई गुन्डा लगाएर अपहरण गर्ने र मारिदिने धम्की पनि दिएका थिए । सेक्स क्लिप सार्वजनिक भए बेइज्जत हुने डरले उसले भनेको मान्दै गएको उनले सुनाइन् । ‘क्लिपका आधारमा उसले मसँग धेरैपटक सेक्स गर्यो,’ उनले थपिन्, ‘कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ ।’
यो त उनको प्रेमीको वासना पूरा गर्नका लागि कलेज र परिवार छाडेर हिँडेको बाध्यताको घटना थियो । तर, तिनै प्रेमीले अरू साथी लगाएर बलात्कार गर्न लगाउने र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने उनले सोचेकी पनि थिइनन् । किनभने यही डरले त उनी प्रेमिका अघि यौनदासी नै बनेकी थिइन् । तर, धोकेबाज प्रेमीले उनलाई कहाँ यतिमै छाड्यो र ?

पुसको पहिलो साता उमेशले उनलाई भक्तपुरको एचटुओ क्याफेमा बोलाएका थिए । त्यहाँ पुग्दा उप्रेतीसँगै साथी आकाश श्रेष्ठ र अर्की केटी स्मिता राई पनि थिए । उमेशले उनलाई आकाशसँग चिनायो र केटी साथीलाई मलाई घरमा पुर्याउन पठायो ।
उनले थपिन्, ‘आकाशले उमेश गुन्डा हो भनेर तिम्रो सेक्स क्लिप उम्काएर लिनुपर्छ भन्दै फकायो ।’ उनी विश्वासमा परिन् र आकाशले भनेअनुसार मान्दै गइन् । ‘२७ पुसमा आकाशको फोन आयो,’ उनले भनिन्, ‘उसले क्याफेमा लगेर चप्सी खुवायो ।’ चप्सीमा केही मिसाएर खुवाइएकाले उनी बेहोसजस्तै भइन् । आकाशले घर पुर्याउँछु भनेर बाइकमा राखेको पनि उनलाई याद छ ।
कोठाभित्र लगेर कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि उनलाई याद छ तर प्रतिकार गर्नसक्ने आँट छैन । ‘राति ६–७ पटक थिच्यो,’ उनले भनिन्, ‘२८ पुसमा ब्युँझिँदा ऊ र म नांगै थियौँ ।’ उनी आत्तिन् र भनिन्, ‘यो के गरेको ?’ आकाशले तिम्रो ब्वाइफ्रेन्ड उमेशले पठाएको जवाफ दिएपछि उनी झन् तनावमा परिन् ।
लखनउ ।
भारतको उत्तर प्रदेशमा एक युवतीले आफूलाई वेवास्ता गर्ने प्रेमीको नाङ्गो तस्विर फेसबुकमा पोष्ट गरिदिएपछि हंगामा भएको छ । २० वर्षीय ती युवतीले आफूलाई प्रेमीले वेवास्ता गर्न थालेको भन्दै फेसबुकमा प्रेमीको नग्न तस्विर सार्वजनिक गरेकी हुन् ।
ब्यापारी देबेस शर्मासँग सम्बन्धमा आएकी ती युवतीले आफूले गरेका माग पुरा नगरेको भन्दै फेसबुकबाट बेइज्जत गर्न खोजेकी थिइन् । तर उनको यो हर्कतले उनलाई नै समस्यामा पार्यो ।
ब्यापारी युवकसँग सम्बन्धमा आएकी ती युवतीले आफ्नी दिदीलाई ती ब्यवासायीकै अफिसमा काम लगाइदिइन् र उनीसँग नजिकिइन् ।
अगष्ट ३ अर्थात मित्रता दिवसको दिन पारेर ती युवतीले आफूसँग ४५०० पर्ने ह्याण्ड ब्याग र ९००० पर्ने मिनिस्कर्ट किनिदिन भनेको ब्यापारी शर्माले बताए ।
आफूले उनको माग अस्वीकार गरेपछि पनि ती युवतीले पटक पटक पैसा माग्दै धम्की दिन थालेपछि प्रहरीलाई खवर गरेको उनले बताए ।
२ लाख रुपैयाँ आफ्नो खातामा नराखे जे पनि हुन सक्ने भन्दै धम्काएपछि ती युवकले पुलिसलाई खवर गरेका थिए । युवकले फोन उठाउन समेत छोडेपछि युवतीले अश्लिल साइटबाट तस्विर झिकेर युवकको टाउको र अश्लिल तस्विर जोडेर फेसबुकमा राखेकी थिइन् ।
युवकले पुलिसमा खवर गरेपछि अहिले युवती पक्राउ परेकी छिन्

काठमाडौ । झडकेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र पिडीतलाई एक लाख क्षतिपूर्ती भराउने फैसला सुनाएको छ ।
पत्नी गर्भवती भएको बेला झडेली छोरीलाई बलात्कार गर्ने धादिङ्ग ताल्ती ४ घरभई भक्तपुर कटुञ्जे६ बस्ने २८ वषिर्य पशुपति विकलाई जिल्ला न्यायधिस बालेन्द्र रुपाखेतीको एकल ईजलासले फैसला सुनाएको हो ।
झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याएको ठहर भएको अदालतका सेस्तेदार खड्गराज अधिकारीले बताए ।
आफू गर्भवती भएपछि आफ्नै पतिले छोरीलाई डरधम्की देखाई पटक–पटक बलात्कार गर्ने गरेको थाहा पाएपछि पति बिरुद्ध पत्नीले प्रहरीलाई उजुरी दिएकी थिइन् ।
आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले गर्भ पतन समेत गर्न गराउन नमिलेको अदालतले जनाएको छ ।
निजलाई हाल सिविसले संरक्षण दिएको छ । अदालतले एक लाख क्षतिपूर्ति तत्काल भराउने नसक्ने भएकाले अभियुक्तको सम्पत्तिबाट पछि असुल उपर गर्ने गरी तत्काल नेपाल सरकारले दिने निर्णय गरेको छ ।
पीडितको उमेर १४ वर्षमात्र पुगेको छ । आजको कान्तिपुरमा समाचार छ ।

पुलिसलाई केरा देखाउने एक युवकले ३ वर्षसम्म जेलको हावा खानुपरेको छ । अमेरिकाको कोलोराडोस्थित प|mुटबेलका २७ वर्षीय नाथन चानिङले आफ्नो हातमा रहेको केरा देखाउँदै प्रहरीलाई तर्साउन खोज्दा पक्राउ परेका हुन् । आफ्नो हातमा रहेको केरालाई बन्दुक भनेर पुलिसलाई ताकेर उनी भाग्न खोज्दै थिए ।
पुलिसले पनि उनको हातको त्यो चिज केरा नभै पहेँलो टुप्पो सहितको ह्याण्डगन रहेको विश्वास गर्यो । वास्तवमा उनी युट्युबका कमेडी भिडियो बनाएर पोष्ट गर्ने कलाकार थिए । उनले त्यस्तै हँसिमजाक गरेका थिए पुलिससँग । तर पुलिसले त्यो कुरा बुझेनन् र आत्मरक्षाका लागि भन्दै उनलाई चेतावनी दिँदै पक्राउ गरे । प्रहरी आफुनेर नै आएर समाउन थालेपछि उनले यो केरा हो भन्दै चिच्याएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरिछाड्यो र केरा बन्दुक बरामद गरिछाड्यो । ती युवालाई मेसा काउन्टी जेलमा राखिएको छ । उनीसँग स्थानीय अदालतले १० हजार डलर धरौटी माग गरेको छ । उनीमाथि लगाइएको अभियोग अनुसार उनलाई ३ वर्षसम्मको जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्छ ।
एजेन्सी
www.onlinekhabar.com

श्रीमतीलाई यौन सम्पर्क गरेबापत चितवनका ३८ वर्ष रामचन्द्र सिलवाल भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान भएका छन्। श्रीमतीले इच्छाविपरीत जबर्जस्ती करणी गरेको अभियोग लगाएपछि कास्की जिल्ला अदालतले सिलवाललाई थुनामा राख्ने आदेश दिएको हो। ३५ वर्षीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा न्यायाधीश हेमराज पन्तको इजलासले थुनामा राख्ने आदेश दिएको हो। सिलवालपछि करणी गर्न अर्का १७ वर्षीय लक्ष्य थापा पनि उनीसँगै थुनामा छन्। थापालाई पनि सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएका थिए। प्रहरीले आइतबार अदालतमा उक्त मुद्दा दायर गरेको थियो। मुद्दामा श्रीमतीको तर्फबाट सहायक जिल्ला न्यायाधिवता गोविन्द गिरी र श्रीमान्को तर्फबाट अधिवता रामप्रसाद घिमिरेले बहस गरेका थिए। श्रीमतीलाई जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको गिरीले बताए। बलात्कारका धेरै घटना अदालतमा आउने र यस्तो प्रकृतिको मुद्दा पहिलो पटक आएको गिरीले बताए। ३० वर्षयता वकालत गर्दै आएका अधिवता रामप्रसाद घिमिरेले श्रीमतीलाई जबर्जस्ती गर्न र आफ्नै श्रीमान्लाई पनि उजुर गरेको यो अनौठो मुद्दा भएको बताए। यस क्षेत्रमा पहिलो पटक यस्तो मुद्दा परेको गिरी बताउँछन्। गिरीका अनुसार श्रीमानले श्रीमतीको इच्छाविपरीत जबर्जस्ती करणी गर्नेलाई वैवाहिक बलात्कार भनिए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाएकाले जबर्जस्ती करणी हुने बताए। मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने उल्लेख छ। यसो भएमा जबर्जस्ती करणी महलको ३ को ६ को अभियोग अनुसार दोषीलाई कारबाही हुन्छ। रोजगारीको खोजीमा दम्पती चितवनदेखि गत साउन २७ मा पोखरा आएका थिए। तीन छोराछोरीहरू घरमै छाडेर मजदुरी गर्न आएका उनीहरू काम नपाएपछि भौंतारिएका थिए। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूसँगै पोखराको न्युरोडस्थित पूणिमा सिनेमा हलमा चलचित्रसमेत हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सडकपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेका र थापालाई गर्न लगाएका थिए।
एजेन्सी
काठमाडौं, मंसिर १२ । भारतको जम्मु–कश्मीरमा ‘आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान हुँदा ११ जना मारिएका छन् । जम्मुको अरनिया सेक्टरमा विहीबार भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् ।
अरनियाको बंकरभित्र रहेका ‘आतंकवादी’ले सेनामाथि गोली चलाएपछि भिडन्त भएको हो । मारिनेमा ४ जना ‘आतंकवादी’, ४ जनासर्वसाधारण र ३ जना सुरक्षाकर्मी रहेका छन् ।
भारतमा विधानसभाको चुनाव प्रचारप्रसारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु–कश्मीरको उधमपुर पुग्ने कार्यक्रम तय भएकै बेला मूठभेड भएको जनाइएको छ । (एजेन्सी) imagekhabar.com

महिला सहकर्मीको अश्लिल भिडियो तथा फोटोलाई अश्लिल वेभसाइटमा राखेर चरित्र हत्या गर्न खोज्ने प्रहरीको फन्दामा परेका छन्।
क्षेत्रपाटी निवासी निरज शाक्यले आफ्नै सहपाठीको अश्लिल भिडियो तथा फोटो लाई अश्लिल वेभसाईटमा राखी महिला साथिको चरित्र हत्या गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
२७ वर्षीय शाक्यलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ।

.ekantipur.com
काठमाडौ, मंसिर २ - १९ कात्तिकको मध्याह्न। काठमाडौँको गौशालास्थित होटल महाराजानजिकै एक जना अधवैँशे दुवै खुट्टा फैलाएर सडकमा लम्पसार थिए। हातले पछिल्तिरका फलामे डन्डीको बारमा पक्रिएका उनको एक छेउमा बेमतलबसँग फालिएको झोला थियो। पसिनाले निथु्रक्क अनुहार बनाएका उनको एक घुट्को पानी पिएपछि मात्र वाक्य फुट्यो, "चक्कर आइरहेको छ।" लगत्तै उनले तीनपटक बान्ता गरे।

रिँगटा लागेर सडकमा ढलेका यी व्यक्ति थिए, साढे १४ वर्ष भारतीय जेलमा बिताएपछि निर्दोष ठहरिएका भूपालमान दमाई उर्फ युसुफ नेपाली, ५२। ९ पुस ०५६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आईसी-८१४ विमान अपहरणको त्रासदीपूर्ण घटनामा सहयोग गरेको अभियोगमा भूपालमानले आफ्नो जीवनको उर्वर समय भारतको जेलमा बिताउनुपर्यो। ३८ वर्षको उमेरमा जेल परेका उनी १४ वर्ष ७ महिनापछि निर्दोष साबित भए र २२ चैत ०७० मा मुक्त भएका हुन्।
उनलाई अपहरणकारीलाई बन्दोबस्ती सहयोग र हतियार उपलब्ध गराएको आरोपमा १५ पुस ०५६ सालमा मुम्बईबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनीमाथि विमान अपहरणका लागि खर्च जुटाउन बैंक र कार चोरीको अभियोगसमेत लगाइएको थियो। अढाई दशक पन्जाबको पटियाला र मुम्बईको आर्थर रोड जेलमा बिताएपछि भूपालमानलाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष त ठहर्यायो तर यतिन्जेल उनको सब थोक गुमिसकेको थियो।
लामो समय भारतीय जेलमा बसेकाले होला, उनको लबज भारतीयको जस्तै बनिसकेको छ। शारीरिक र मानसिक यातना र प्रताडनाले खाएको शरीर जीर्ण छ। उमेरभन्दा निकै पाको। रोगको भकारी। खानेबस्ने बन्दोबस्त छैन। आफ्नो जीवन बर्बाद भएकामा उनी निराश र हतास छन्। कुनै कुरा सोध्यो भने केही बेर घोरिन्छन् र ढिलो गरी जवाफ फर्काउँछन्। छाती बेस्सरी पोल्छ। आधा घन्टा हिँड्यो भने खुट्टा दुखेर पाइला सार्नै सक्दैनन्। युरिक एसिड, अल्सर, मधुमेहजस्ता रोग उनका साथी बनेका छन्।
बिनाअपराध विदेशी जेलमा बसेर निस्कँदा उनका पक्षमा आज कोही मानव अधिकारवादी, नागरिक समाज वा राजनीतिकर्मी बोलिरहेका छैनन्। तिनै गुमनाम भूपालमान नेपालको लामो प्रयासपछि आफ्नो अलपत्र जीवनबारे बोल्न राजी भए।
यी हुन् भूपालमान
बिन्जेल-५, सिन्धुपाल्चोकको एक गरिब परिवारमा जन्मिएका हुन्, भूपालमान। उनी ११ वर्षको छँदा परिवारले मुस्लिम धर्म अपनायो। त्यसपछि भूपालमान युसुफ नेपाली भए। तर, नागरिकता भने भूपालमान दमाईकै नाममा छ। भारतमा भूपालमानलाई युसुफ नेपाली भनेरै सार्वजनिक गरिएको थियो।
गरिबीकै कारण भूपालमानको पढाइ ७ कक्षाभन्दा अघि बढेन। पढाइ छाडेर राजधानी आए। केही समय ज्यालादारी काम गरे। पछि बागबजारमा चियानास्ताको सानो होटल थाले।
होटलबाट मात्र पाँच जनाको परिवारको गुजारा नचल्ने भएपछि समयसमयमा सुन्धारा, असन, कमलादी, कालीमाटीजस्ता मुख्य बजार र चोकमा पुगेर फुटपाथमै कपडा र जुत्ताचप्पल बेच्ो । पसलका गोदामबाट उठाइएका यस्ता सामान खासमा मिति गुजि्रएका हुन्थे। "दोकानमा नचलेर गोदाममै थन्क्याइएका सामान हामी फुटपाथमा बेच्थ्यौँ," भूपालमान सम्झन्छन्। होटल श्रीमतीको जिम्मामा हुन्थ्यो। भारी बोक्ने काम पाउँदा त्यही गर्थे। भन्छन्, "पिठ्यूँमा भारी बोकेर बनेपासम्म जान्थेँ।"
जहाँबाट मोडियो यात्रा
उनको होटलमा एक नियमित ग्राहक थिए। पाकिस्तानमा पठित ती मंगोल मुस्लिमसँग अरू दुई जना पनि आउजाउ गरिरहन्थे। कुराकानीकै क्रममा ती नेपाली मुस्लिमले भूपालमानलाई भारतको मुम्बई गए यहाँभन्दा गतिलो होटल मिल्ने देखाए। उनी बारम्बार भन्थे, मुम्बईमा होटल चलाएर मासिक ६०-७० हजार रुपियाँ भारु आरामले कमाइ हुन्छ। बागबजारमै घर भएका, परिचित व्यक्ति। आफ्नो भलो हुने कुरा। धौधौसँग परिवार चलाउनुपरेको पीडाले उनलाई थिचेको थियो। मनै त हो, लोभियो। उनी भन्छन्, "यता मेरो होटलमा मासिक १० हजार रुपियाँको व्यापार पनि हुँदैनथ्यो। ५०/६० हजार रुपियाँ कमाइ हुने भएपछि मुम्बई जान मन लाग्यो।"
भूपालमान ३० हजार भारतीय रुपियाँ बोकेर मुम्बई हिँडे। गोरखपुर हुँदै ५० घन्टाजतिको यात्रा गरेर मुम्बई पुगे। भूपालमान मुम्बई सहर त पुगे तर त्यो नयाँ दुनियाँमा चिनेको कोही थिएन। त्यो महँगो सहरमा होटल गरेर बस्ने त उनले सोच्नै सकेनन्। काठमाडौँको होटल अरूलाई नै एक वर्षका लागि जिम्मा लगाएर गएकाले र्फकन पनि सकेनन्। त्यहीँ कपडा किनेर फुटपाथमा बेच्न थाले। "प्रतिरात १५/२० भारु तिरेपछि बस्न पाइने खोलीहरू पाइँदो रहेछ," उनी भन्छन्, "त्यहीँ बस्न थालेँ।" दिनभरि फुटपाथमा लत्ताकपडा बेच्नु, राती खोलीमा सुस्ताउनु उनको दैनिकी बन्यो।
अँध्यारो जीवनको अध्याय
१५ पुस ०५६ को मध्याह्न। मुम्बई पुगेको १५-२० दिन मात्रै भएको थियो। उनी फुटपाथमै सामान बेचिरहेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले थानामा काम छ भन्दै नियन्त्रणमा लिएर बोरिवली थानामा पुर्यायो। २० पुस ०५६ मा पत्रकार सम्मेलन गरी प्रहरीले भूपालमानलाई जोगेश्वरी, मुम्बईको अपार्टमेन्टबाट विस्फोटक पदार्थ र घातक हतियारसहित पक्राउ गरेको सूचना सम्पे्रषण गर्यो। ती सामान आतंककारी गतिविधिमा प्रयोग भएको हुन सक्ने प्रहरी आशंका थियो।
काम छ भन्दै लगेको प्रहरीले उल्टै गम्भीर आरोप लगाएपछि भूपालमान भीरबाट खसेजस्तै भए। "मेरो त दिमागै फनफनी घुम्यो। केही समझमा आउन सकेन," उनी भन्छन्। होस खुल्दा उनको हातमा हत्कडी थियो। उनकै शब्दमा, थाना पुग्नेबित्तिकै प्रहरीले पहिल्यै तयार गरिएको कागजमा हस्ताक्षर गर्न भन्यो। उनले कागजमा लेखेको विवरणबारे सोधे। जवाफमा कुटाइ मात्र पाए। प्रहरीले दुवै कानमा फलामको रड घुसाएर करेन्ट लगाइदिए। "घुरुर्र दुवै कानमा करेन्ट लगाउँदा दिमाग नै सर्ट भएजस्तो भयो," चार-पाँचचोटि यसरी करेन्ट लगाएको स्मरण गर्दै उनी भन्छन्, "त्यसपछि मैले औँठाछाप लगाएँ।" अहिले दुवै कानको श्रवणशक्ति कमजोर छ। कानमा सुनिने उपकरण राखेर मात्रै सुन्न सक्छन्।
भूपालमान हिन्दी पढ्न सक्दैन थिए। ल्याप्चे लगाएपछि मात्रै पत्तो पाए, बैंक र कार डकैतीको आरोपपत्र रहेछ त्यो। जहाज अपहरणमा रकम जुटाउन मुम्बईमा बैंक र कार चोरिएको प्रहरीको आरोप थियो। "म तीन छक परेँ," लामो श्वास तानेपछि उनी भन्छन्, "हामीले जे भन्छौँ, खुरुखुरु औँठाछाप लगा भन्यो, नमाने कुट्थ्यो।"
भारतीय प्रहरीले केही महिना मुम्बईको आर्थर रोडस्थित जेलमा राख्यो। चार महिनापछि उनलाई दिल्ली पुर्याइयो, सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन -सीबीआई)को मुख्यालय। सीबीआईले विमान अपहरणको घटना अनुसन्धानको नेतृत्व लिएको थियो। त्यहाँ पनि पहिलेजस्तै भूपालमानलाई तयारी कागजपत्रमा हस्ताक्षर गर्न लगाइयो। सीबीआईको हेडक्वार्टरमा उनलाई अँध्यारो कोठामा एक्लै राखियो। हस्ताक्षर गर्न माथिल्लो तलामा जाँदा मात्रै दिन या रात थाहा हुन्थ्यो। नभए २४ घन्टा नै अँध्यारोमा। "कुनै कागजमा हस्ताक्षर गराउनुपर्यो भने मात्रै माथि बोलाउँथे," उनी सम्झन्छन्।
मुद्दा अदालतमा दायर हुँदासम्म उनीमाथि अरू आरोप थपिए। विमान अपहरणकारीलाई काठमाडौँमा कोठा खोजिदिएर र हतियारको बन्दोबस्त गरिदिएर अपहरण योजनामा सामेल भएकोे अभियोग लगाएर सीबीआईले मुद्दा दर्ता गरायो, जिल्ला अदालत पटियाला हाउसमा। "त्यतिबेलासम्म मलाई हाइज्याक र अपहरण भन्ने कुरा नै थाहा थिएन," भन्छन्, "जुन कुराको मलाई छेउटुप्पो थाहा छैन, त्यही आरोप लाग्यो।"
उनले दुईवटा जेलको अनुभव लिए, आर्थररोड जेल, मुम्बई र सेन्ट्रल जेल, पटियाला। सुरुमा करिब तीन महिना र पछि साढे तीन वर्ष आर्थर रोड जेलमा बसे। बाँकी ११ वर्ष पटियाला जेलमा। मुम्बईमा पटियालामा भन्दा बढी दुःख पाएको उनको अनुभव छ। पटियाला जेलमा विमान अपहरणकै अरू दुई अभियुक्त पनि थिए। उनका भनाइमा, यस मुद्दाका सबै अभियुक्तलाई अलगअलग राखिएको थियो। र, सुनुवाइसमेत जेलभित्रै गरिएको थियो। "हाम्रा लागि जेलभित्रै बहस हुन्थ्यो," उनले भने, "मिडियालाई समेत त्यसबारे थाहा हुँदैनथ्यो।"
केही गल्ती नगरेकाले एक दिन छुटिएला भन्ने आशा थियो, उनमा। आशैआशमा साढे १४ वर्ष जेलमै बिताए। ती साढे १४ वर्ष उनलाई साढे चार सय वर्षजस्तो लागिरहेछ। "ती दिन अहिले सम्भिmन पनि सक्दिनँ। जीउमा काँडा उम्रेजस्तो हुन्छ," पीडामिश्रति स्वरमा उनी भन्छन्।
जेलमै मृत्युको चिट्ठी
जेल बसेको करिब सात वर्षसम्म घरपरिवार कसैले सम्पर्क गरेनन्। एकपटक साला भेट्न गएबाहेक आफन्त, परिवार, इस्टमित्र सबैसँग सम्पर्क छिनिसकेको थियो। जेल परेको करिब पाँच वर्षपछि भेट्न पुगेका सालाबाटै उनले सुने, श्रीमती अर्कैसँग हिँडिन्। छोराछोरी सम्पर्कमा छैनन्। परिवार बर्बाद छ। यस्तो खबरले जेलमै भक्कानिए। "दुःख पर्दा कोही कसैले हेर्दैन रहेछ," उनी भावुक बने।
जेल परेको कति वर्ष भयो भन्ने पनि उनलाई ख्याल हुन छाडिसकेको थियो। उनका वकिलले यति समय भयो भन्दा मात्र उनको मुखबाट निस्कन्थ्यो, 'ओहो !' सात वर्षपछि जस्तो लाग्छ उनलाई, एक्कासि घरबाट चिट्ठी आयो, 'जेठा, उपचार नपाएरै तेरी आमाले संसार छाडिन्।' चिट्ठी कसले लेखेको थियो भन्ने पनि नपढी उनले एकातिर थन्क्याइदिए। "मलाई ऐँठन भयो। के गरूँ र कसो गरूँ भयो," यति भन्दै उनको स्वर पनि मलिन भयो।
मर्ने बेलामा आमाको मुख हेर्न नपाउनु भूपालमानलाई जीवनकै सबैभन्दा खट्किने बोझ बनिरहेको छ। "छोरा घरमै बस् भन्नुहुन्थ्यो। आमाको छायाँ एक महिनासम्म घुमिरह्यो। धेरै समय म एक्लै जेलभित्र रोएरै बिताएँ," यति भन्दा उनका आँखा रसाइसकेका थिए ।
आजीवन कारावास
बन्दी बनेको आठ वर्षपछि उनलाई आजीवन कारावासको सजाय सुनायो, पटियाला हाउस कोर्टले। २२ माघ ०६४ मा यो सजाय सुनाउँदा उनी अदालतमै थिए। अन्य अभियुक्त, जो भारतीय नागरिक हुन्, दिलीपकुमार भुजेल र अब्दुल लतिफलाई पनि आजीवन कारावासकै सजाय सुनाइएको थियो। "म पागलजस्तै भएँ। अब परिवार, नातागोता, इस्टमित्र कसैलाई पनि भेट्न नपाउने भएँ भनेर भक्कानिएँ। रिँगटा लाग्यो, ब्रह्मान्ड नै घुमेजस्तो भयो," फैसलाबारे बताइरहँदा भूपालमानका आँखा रसाइरहेका थिए, "घरबार बर्बाद भयो भनेर छटपटाएँ। गल्तीबिनै यति कठोर सजाय पाउँदा के हुन्छ ?"
२० दिनसम्म त उनले पानीबाहेक केही खाएनन् रे ! दुब्लाए । दिनरात रोइरहे। निद्रा लाग्न छाड्यो। "ए बाबा, मैले त केही अपराध गरेकै छैन। किन भगवान् पनि यति कठोर भएका होलान् भन्ने लाग्यो," उनी भन्छन्, "विष खाएर मर्नु पनि भएन। जिन्दगी यस्तै रहेछ भनेर चित्त बुझाएँ।"
न्यायको खोजी
आजीवन कारावासको सजाय सुनाइएपछि उनले वकिलमार्फत न्याय खोज्ने विचार गरे। तर, पैसा नभएकाले वकिल राख्न सकेनन्। त्यसपछि नेपाल सरकारले पहल गरे मुक्ति पाइएला कि भन्ने आशमा दिल्लीस्थित नेपाली दूतावासमा चिट्ठी पठाए, 'म नेपाली नागरिक। भारत सरकारले विमान अपहरणको आरोपमा जीवनभर जेल बस्नुपर्ने फैसला सुनाएको छ। तर, निर्दोष छु। मेरो वकिल छैन। वकिल राख्ने पैसा पनि छैन। सरकारले मेरो पैरवी गरेर बाहिर निकाल्न सहयोग गर्नुपर्यो।' तर, दूतावासले त्यसको जवाफै दिएन।
नेपालले बेवास्ता गरेपछि भूपालमानले भारत सरकारले कमजोर आर्थिक अवस्था भएका बन्दीहरूका लागि दिने वकिलको साथ लिए। पन्जाब र हरियाणा उच्च अदालतमा उनले आफू निर्दोष भएको भन्दै पुनरावेदन गरे। त्यही बीचमा बैंक र कार डकैतीको मुद्दामा मुम्बई अदालतबाट सफाइ पाए। तर, के गर्नु ? विमान अपहरण अभियोगमा आजीवन कारावासको सजाय उनी भोगिरहेकै थिए।
अन्ततः फागुन ०७० मा पन्जाब-हरियाणा उच्च अदालतबाट अपहरणमा सघाएको अभियोगबाट पनि सफाइ पाए। 'सीबीआईले विमान अपहरणमा संलग्न भएको प्रमाण दिन सकेन,' टाइम्स अफ इन्डियाको २६ फेब्रुअरीको अनलाइन संस्करणमा उच्च अदालतको फैसला उद्धृत गर्दै लेखिएको छ । भूपालमान भने अदालती आदेशको एक महिनापछि रिहा भए । मुक्तिको कामना गर्दै जीवनको उर्वर अवधि जेलमा बिताएका उनलाई उच्च अदालतको सफाइको फैसलाले भने त्यति दंग बनाएन रे ! किनभने, साढे १४ वर्षमा उनले गुमाउन बाँकी केही थिएन। "किस्मतमा जे थियो त्यही भयो," पन्जाबी लबजमा उनी भन्छन्, "उपरवालाको खेल हो सबै।"
बेखर्ची भूपालमानलाई पटियाला जेल प्रशासनले भारतका जुनसुकै ठाउँ गए पनि २४ घन्टाका लागि निःशुल्क यात्रा गर्न पाउने गरी हातमा छाप लगाएर रिहा गरेको थियो। "छाप लगाइदिएको थियो," दाहिने नाडी देखाउँदै उनले भने, "तर, मैले बाहिर निस्किएर मेटाइदिएँ। जेल बस्दा साथी बनेकाहरूले आपसमा उठाएर ६ हजार रुपियाँ बाटोखर्च दिए। त्यही रकमले दिल्ली हुँदै बसमा काठमाडौँ आएँ।"
काठमाडौँ झरेपछि उनी ठमेलमा एक जना साथीको घरमा बसे। भूपालमान आफ्नो जन्मथलो बिन्जेल पनि पुगे, काठमाडौँ आउनासाथ। उनले त्यहाँ झन् आफ्नोभन्दा बेसी दुःख देखे। ७३ वर्षका वयोवृद्ध बाबु एक वर्षअघि गाडीले किचेर हातखुट्टा नचल्ने भएका छन्। कान्छो भाइ विदेशतिर हिँडेछन्। माइलो भाइ गाडी चलाउँछ भन्ने खबर पाए। तर, भेट हुनु त परै जाओस्, फोनमा कुराकानी पनि भएको छैन। "बा हिँडडुल गर्न सक्नुहुन्न। उपचार गरौँ भने आफ्नै गाँसबास अलपत्र छ। बाको दुःख हेर्न सकिनँ र काठमाडौँ फर्किएँ," उनी बाध्यता सुनाउँछन्।
भगवान्को इच्छा र आफ्नो भाग्यले दुःख पाएको ठान्ने भूपालमानले काठमाडौँ आएर चार महिना तीर्थव्रतमा बिताए। पूर्वदेखि पश्चिमका विभिन्न मस्जिद डुले। थुपै्र रात व्रत बसे। तर, उनको दुःखको पहाड भने दिनदिनै अग्लिरहेको छ।
क्षतिपूर्ति: जिउने एक मात्र आशा
शरीरभरि रोग र मनभरि पीडा बोकेका भूपालमानको अबको एक मात्र आशा क्षतिपूर्ति रहेको छ। निर्दोष साढे १४ वर्ष जेलमा बिताएबापत भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। तर, उनले कानुनी प्रक्रिया अगाडि बढाउने मेसो पाएकै छैनन्। कानुन व्यवसायी राख्न खर्च छैन। कसैले न्यायका लागि लडिदेला भन्ने आशा पनि छैन। परिवार, आफन्त, घर, समाज सबै गुमाए। शरीर छियाछिया भयो। मानसिक यातना र पीडाको कुनै हिसाब छैन। छातीको बायाँतर्फ हात राख्दै उनी भन्छन्, "तर, यहाँभित्र लागेको चोटको कसले हिसाब गर्छ ? कसले निको पार्न सक्छ ? बिनाकसुर जेलमा कोचियो। निर्दोष पनि भन्यो। तर, केही नदिई पठायो। त्यो अवधिको मेरो जीवनको बर्बादीको शोधभर्ना कसले गर्ने ?"
के थियो घटना ?
०५६ पुस ९ गते, बेलुका ४ः४५ बजे। इन्डियन एयरलाइन्सको आईसी-८१४ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्यो। उडेको करिब २५ मिनेटपछि आतंककारीहरूको अपहरणमा परेको उक्त विमान भारतको अमृतसर, पाकिस्तानको लाहोर, संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो। विमानमा १ सय ७६ जना यात्रु र १५ जनाको चालक दल थियो। हर्कत-उल मुजाहिद्दिन नामक इस्लामिक आतंकवादी समूहले भारतीय जेलमा रहेका आफ्ना उच्च तहका नेता तथा कमान्डर छुटाउनका लागि यो विमान अपहरण गरेको थियो।
अपहरणकारीले विमान लखनउको आकाशबाट सोझै लाहोर पुर्याउन खोजे पनि पर्याप्त इन्धन नभएकाले अमृतसरमा अवतरण गराइयो। तर, भारतीय सुरक्षाफौजको हस्तक्षेपका कारण अमृतसर विमानस्थलमा तेल भर्न नसकेपछि पर्याप्त इन्धनबिनै जोखिम मोलेर पाकिस्तानको लाहोर विमानस्थल लगियो। सुरुमा लाहोरमा अवतरणको अनुमति दिन अस्वीकार गरिएको थियो। तर, पछि अवतरणको अनुमति दिइएको थियो।
काठमाडौँबाट उडेको पाँच घन्टापछि लाहोरमा इन्धन भरेर विमानलाई दुबई लगियो। दुबईमा पश्चिमा मुलुकका २७ यात्रुलाई छाडियो। त्यहीँ रुपिन कटियाल नामक यात्रु अपहरणकारीको छुरा प्रहारबाट मारिए। उनको शव पनि त्यहीँ छाडियो। त्यसपछि विमान कान्दाहारतिर उड्यो। कान्दाहार त्यतिबेला तालिवानी लडाकूको नियन्त्रणमा थियो। तालिवानी अधिकारीहरूले नै भारतीय अधिकारीहरूसँग विमान सकुशल मुक्त गराउनेबारे मध्यस्थताको भूमिका निर्वाह गरेका थिए। अन्ततः भारत सरकार आतंकवादी गतिविधिमा लागेको आरोपमा आफ्नो जेलमा रहेका मौलाना मसुद अजहर, अहमद ओमार सइद शेख, मुस्ताक अहमद जरगारलाई छोड्न राजी भयो र बदलामा सबै यात्रु सकुशल रिहा भए। मसुद हर्कत उल मुजाहिद्दिनका नेता थिए भने पाकिस्तानी मूलका बेलायती नागरिक सइद मुजाहिद्दिन र अलकायदाजस्ता आतंकवादी संगठनसँग सम्बन्ध बनाएका व्यक्ति थिए। जरगारले अलउजार मुजाहिद्दिन नामक संगठन चलाएका थिए। तीनै जनालाई छुट्टाछुट्टै अपहरण र हत्याको मुद्दामा भारतीय जेलमा राखिएको थियो। तीनै जनालाई विशेष विमानमा राखेर तत्कालीन भारतीय गृहमन्त्री जसवन्त सिंह कान्दाहार पुगेका थिए। र, बन्धक यात्रुलाई सोही विमानबाट भारत फिर्ता ल्याइएको थियो।
भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले विमान अपहरणबारे अनुसन्धान गरी अपहरण काण्डमा संलग्न भन्दै १० जनाको नाम सार्वजनिक गर्यो। तीमध्ये भारतीय नागरिकद्वय अब्दुल लतिफ र दिलीपकुमार भुजेल, नेपाली नागरिक भूपालमान दमाई -युसुफ नेपाली) छुट्टाछुट्टै पक्राउ परे। पक्राउ परेका तीनै जनालाई पन्जाबको पटियाला हाउस कोर्टले सन् २००८ मा आजीवन कारावासको सजाय सुनाएको थियो। तीमध्ये दमाई र भुजेललाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष भन्दै १४ वर्षपछि रिहा गरिसकेको छ। लतिफविरुद्ध मृत्युदण्डको माग राख्दै उच्च अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले मृत्युदण्डको सजायचाहिँ अस्वीकार गरेको छ र उनी कारावासको सजाय भोगिरहेका छन्। सन् २०१२ मा जम्मु कश्मीरबाट विमान अपहरणका अर्का अभियुक्त मेहराजुद्दिन डाँड पक्राउ परे। उनीमाथि पनि अपहरणमा बन्दोबस्तीको सहयोग गरेको आरोप छ। बाँकी ६ जना भने फरार छन्, जसमध्ये पाँच जना अपहरणकारी भनिएका छन्। इब्राहिम अथर (मसुद अजहरका भाइ), सन्नी अहमद कजी, जहुर इब्राहिम, डाक्टर भनिने सइद अख्तर सइद, मोहम्मद शाकिर, युसुफ अजर र अब्दुल रउफ फरार छन्।
-@ नेपाल साप्ताहिक
मंगलवार विहान इजरायलको राजधानी जेरुशलेममा एउटा शक्तिशाली वम विस्फोटमा परी ५ जनाको ज्यान गएको छ भने अन्य ८ जना घाइते भएका छन् जसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । उक्त विस्फोटको हालसम्म कुनै समुहले जिम्मेवारी नलिएको समाचारमा जनाईएको छ ।
इजरायलीसंचार माध्याममा जनाईए अनुसार, पूर्वी जेरुशलेमवाट आएका २ आतंकवादीहरु चक्कु र पेस्तोलसहित वेतकेनेसेट ( यहुदीहरूको प्राथना गर्ने स्थल ) र रव्निकल धार्मिक स्कुलमा प्रवेश गरी उत्त क्षेत्रमा आक्रमण गरेका थिए । सोही समयमा फायरिङ गर्दै घटनास्थल पुगेका इजरायलप्रहरीद्वारा ति आतंकवादीहरु मारिएका थिए । इजरायलको जेरूशलेम जिल्लाका प्रहरी प्रमुख मोसे एड्री आतंकवादीको आक्रमणवाट गम्भिर घाईते भएको जनाईएको छ ।
एजेन्सी ।
भारत उत्तर प्रदेशको सहारनपुरमा अनौठो चोरी भएको छ । एक पसलबाट महिलाले पेटिकोटमा लुकाएर ल्यापटप चोरेको भिडियो सिसीटिभीमा कैद भएपछि उनको चोरी सार्वजनिक भएको हो ।
कम्प्युटर बेच्ने पसलमा ल्यापटप किन्न पुगेकी ती महिलाले पसलले नहेरेको समयमा ल्यापटप पेटिकोट भित्र लुकाइन् तर त्यो दृष्य सिसीटिभी क्यामेरामा कैद हुन पुग्यो ।
तर पसलेले ल्यापटप चोरी गरेको थाहा पाउँदा सम्म उनी साथीहरुसँग गायव भैसकेकी थिइन् । पसलेले सिसीटिभी भिडियोको आधारमा पुलिसमा खवर गरेपछि अहिले ती महिलाको खोजी भैरहेको छ ।
सबै ल्यापटप महिला ग्राहकको अगाडी थुपारेर पसले भित्र स्टोरमा गएका थिए त्यति नै बेला महिलाले पेटिकोट भित्र ल्यापटप हालेर टाप कसेँकी थिइन् ।
डेल ब्राण्डको उक्त ल्यापटप खोजिका लागि अहिले महिलाको पहिचान गर्दै हिँडेको समाचारमा जनाइएको छ ।
१ मंसिर, काठमाडौं । भारतको नैनीतालस्थित प्रशिद्ध शेरवुड स्कूलमा ९ कक्षामा पढ्ने १४ वर्षीय नेपाली विद्यार्थी साजन प्रजापतिको मृत्युको घटनाले भारतमा हलचल मच्चिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले स्कूल प्रशासनको गम्भीर लापरवाही भएको भन्दै कारवाहीको प्रसंग उठाएका छन् । स्कूलमै गम्भीर बिरामी परेका प्रजापतिको गत शुक्रवार दिल्लीको नोयडा अस्पतालमा मृत्युभएको थियो ।
मृतक साजनकी आमा निना श्रेष्ठले आफ्नो छोराको मृत्युको कारण स्कुल प्रशासनको गम्भीर लापरवाही रहेको भन्दै उनी बिरामी परेको परिवारलाई समेत कुनै जानकारी नदिएको आरोप लगाएकी छन् ।
‘स्कूलले मेरो छोरो गम्भीर बिरामी परेको समेत कुनै जानकारी दिएन, उसका साथीले फोन गरेपछि मात्र हामीले थाहा पायौं’ निनाले भनिन् ‘त्यतिबेलासम्म उसको अवस्थ्ाा नाजुक भइसकेको थियो’ ।
निनाको यो भनाइलाई भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ बाहिर ल्याएपछि स्कूल प्रशासन अप्ठेरोमा परेको छ भने नेपालमा पनि पीडित पक्षले यो विषयलाई काठमाडौंस्थित भारतीय दूतावासमार्फत अघि बढाउन खोजेको छ ।
स्कूलमा बिरामी परेका साजनको उपचारमा प्रिन्सिपल र प्रशासनले चासो नदिएपछि उनलाई हल्दवानी अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नोयडाको कैलाश अस्पतालमा लगिएको स्रोतले जनाएको छ ।
स्कूल प्रशासनले साजनलाई रगतको क्यान्सर रहेको र उनले खेलकुद गायतका गतिविधिमा भाग नलिने गरेको दाबी गरेको दि टाइम्स अफ इण्डियाले जनाएको छ । तर, निनाले आफ्नो छोरालाई रक्त क्यान्सरको कुनै लक्षण थिएन भनेकी छन् ।
मृतकको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण सेप्टिसेमिया नामक प्राणघातक संक्रमणबाट भएको उल्लेख छ । यो निकै तीब्र गतिमा फैलने संक्रमण भए पनि रक्त क्यान्सरबारे उल्लेख नभएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
पीडित पक्षले यो घटनामा शेरवुड कलेजका प्रिन्सिपल अमनदीप सन्धु सहितलाई कारवाही माग गर्दै नोयण्डा प्रहरी समक्ष एफआइआर दर्ता गराइसकेको छ ।
मृतककी आमा निना श्रेष्ठ विश्व बैंकको काठमाडौंस्थित कार्यलयमा कार्यरत छिन् । उनले आफ्नो छोराको मृत्युमा स्कूल प्रशासन सम्पूर्ण रुपमा दोषी रहेको भन्दै दोषीमाथि कारवाहीको माग गरेकी छन् ।
भारतको एनडिटिभी न्यूजले शेरवुड स्कूल/कलेज प्रशासनको लापरवाहीकै कारण विद्यार्थीको मृत्यु भएको प्रसंग बाहिर ल्याएको छ ।
शेरवुड कलेज/स्कूल नैनितालको निकै प्रख्यात शिक्षण संस्था हो, जहाँ नेपालका उच्च वर्गका छोरा छोरी पढ्ने गर्छन् । अहिले त्यहाँ पढेका भूतपूर्व विद्यार्थीहरु संगठित भएर साजनको मृत्यु प्रकरणमा पि्रन्सिपलमाथि कारवाहीको माग गरेका छन् ।
शेरवुड स्कूल प्रशासनको गम्भिर लापरवाहीका कारण भएको साजनको मृत्यु प्रकरणलाई नेपाल र भारतमा आफूहरुले गम्भीर रुपमा उठाइरहेको भूतपूर्व विद्यार्थी उज्ज्वलविक्रम थापाले बताए । ‘प्रिन्सिपल अहिले भागीभागी हिँडेका छन्, हामी उनलाई छाड्दैनौं,’ थापाले भने ।
यो घटनाविरुद्ध स्कूल प्रशासनमाथि कारवाहीको माग गर्दै सोमवार नयाँ दिल्लीमा नेपालीहरुले प्रदर्शन गर्दैछन् । नयाँ दिल्लीको सीएनआई भवन अगाडि स्थानीय समयअनुसार बिहान साढे दस बजे प्रदर्शनको कार्यक्रम रहेको राप्रपाका प्रवास समिति सदस्यसमेत रहेका उज्ज्वल थापाले बताए ।

झापा, कात्तिक ३० – उत्तरी झापा र दक्षिणी इलामको सिमानामा पर्ने इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए । घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा शुक्रबार राति ससुराली पुगेका उनको ससुरा खड्गबहादुर एक्तेनसहित गाउँलेको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विवरणअनुसार राति ससुराली पुगेका श्रेष्ठले झ्यालबाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरासहित गाउँलेले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ । ससुरा र गाउँलेको कुटाइबाट गम्भीर घाइते बनेका श्रेष्ठको स्थानीय एभरेष्ट अस्पतालमा उपचारार्थ लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारार्थ न्युरो हस्पिटल विराटनगर पुर्याइएको थियो । टाउकोमा गम्भीर चोट लागेको उनको अत्यधिक रक्तश्रावका कारण गएराति उपचारकै क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए । यता, कुटपिटमा संलग्न श्रेष्ठका ससुरासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानाबारी–२ निवासी खड्गबहादुर, सोही ठाउँ निवासी पद्मबहादुर मगर, धनबहादुर साउदेन, अम्बिका घिमिरे, माधव सेन्च्युरी, सुभास लिङ्देन, तुलसी सेन्च्युरी र दानाबारी–७ निवासी कुमार राई रहेका छन् । - www.ratopati.com